केटिएम बाइकको नेपालका लागि आधिकारिक विक्रेता हुलास इन्भेस्टमेन्टले नेपाल मै पहिलो अरेन्ज स्टन्ट ‘रोरिङ गेयर्स’ प्रतिस्पर्धा गर्न लागेको छ।
कम्पनीले शनिवार सातदोवाटोको स्वमिङ कम्प्लेक्समा प्रतियोगिता आयोजना गर्न लागेको हो।
अष्ट्रेलियामा उत्पादन भएको केटिएम मोटरसाइकल युरोपमा पहिलो रोजाइको स्पोर्टस बाइक भएको कम्पनीको दावी छ।
प्रतियोगितामा नेपाली स्टन्ट राइडरलाई साथ दिन विश्व विख्यात स्टन्ट राइडर रोक बगारोज् समेत नेपाल आएका छन्।
यस्तो वल्र्ड क्लास इभेन्ट नेपालमा पहिलो पटक हुन लागेको र यो कुरा नेपाली राइडरको लागि उत्साहजनक र फलदायी हुने गोल्छा अर्गनाइनेसनका निर्देशक अभिमन्यु गोल्छा बताउँछन्।
कार्यक्रममा बोल्दै विश्व विख्यात स्टन्ट राइडर रोक बगारोज् ले यस प्रतियोगितामा नयाँ ट्रिक समेत देखाउने बताए।
मोटरसाइकल स्टन्ट प्रती लगाव हुनेहरुको लागि ‘रोरिङ गेयर्स’जिवनमा एक पटक आउने अवसर भएको कम्पनीको दावी छ।
यस स्टन्ट प्रतियोगिताले नेपाली स्टन्टमा नयाँ क्रान्ती ल्याउने कम्पनीले विश्वास लिएको जनाइएको छ।