महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेडले ‘केयूभी १०० नेक्स्ट’ भित्र्याउन लागेको छ।
‘केयूभी १०० नेक्स्ट’ ‘केयूभी १००’ को परिस्कृत भर्सन हो।
भारतमा नेक्स्ट मोडल पेट्रोल ५ र डिजल इन्जिनमा ५ गरी १० फरक भेरिएन्टमा उपलब्ध छ। नेपालमा कुन भेरिएन्टको कतिवटा गाडि ल्याउने तय भइनसकेको अग्नि इन्कर्पाेरेटेडका असिस्टेन्ट म्यानेजर (भेइकल सेल्स) रन्जित क्षेत्री बताउँछन्।
‘केयूभी १०० नेक्स्ट’मा फिचर्स थप तथा डिजाइन परिवर्तन गरिएकाले ‘केयूभी १००’को तुलनामा केही महंगो पर्न सक्ने क्षेत्रीले जानकारी दिए। यसमा धेरै सुविधा थपिएको भए पनि कम्पनीले नेपाली ग्राहकलाई सुहाउदो मूल्यमा ल्याउने प्रयास गरिरहेको उनले जानकारी दिए।
[caption id="attachment_140227" align="alignnone" width="825"]
अग्नि इन्कर्पाेरेटेडका असिस्टेन्ट म्यानेजर (भेइकल सेल्स) रन्जित क्षेत्री[/caption]
क्षेत्रीका अनुसार १ हजार २ सय सिसिको यो ‘मिनि एसयुभी’ कम्पनीले केही महिनामै ल्याउने प्रयास गरिरहेको छ।
‘केयूभी १०० को बिक्रिबाट हामी उत्साहित छौ, नेक्स्टले त्यो भन्दा पनि राम्रो प्रतिकृया पाउनेमा हामी आशावादी छौ’ क्षेत्रीले सेतोपाटीसँग भने।
५ र ६ सिट क्षमता दुबै विकल्पमा उपलब्ध यो गाडी लामो दुरीको यात्राका लागि पनि उपयुक्त हुने कम्पनीको दावी छ।
नेक्स्टमा ‘केयूभी १००’ भन्दा केही बदलाव गरिएको छ। यसको अगाडीको ग्रिल पहिलेको भन्दा फरक र आकर्षक भएको कम्पनीको दावी छ। त्यस्तै यसको बम्परलाई मस्क्युलर सेपमा दिइएको छ। यसको टेल ल्याम्प पहिलेको भन्दा नयाँ र क्लियर भएको कम्पनीले जनाएको छ।
यसलाई स्पोर्टी लुक्स दिन कम्पनीले ‘इन्टिग्रेटेड स्पोएलर विथ एरो कर्नर’ समावेश गरेको छ।
यसमा नयाँ मोडलको रेयर बम्पर प्लेट पनि चेन्ज गरिएको छ। त्यस्तै नेक्स्टमा ३८.१ सेन्टिमिटरको ‘डायमण्ड कट ड्युल टोन अलोए ह्विल’ दिइएको छ।
यसमा रहेको ‘मस्क्युलर बडि लाइन्स’ले गाडीलाई आकर्षक देखाउने कम्पनीको दावी छ। यसको ड्यासबोर्ड कालो र सिल्भरको मिश्रित रङमा उपलब्ध छ।
त्यस्तै यसमा १७.८ सेन्टिमिटरको टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम समावेस छ, जसले चालकलाई गाडिको स्थिति र सिस्टमको जानकारी राख्न सहज हुने कम्पनीको दावी छ।
‘केयूभी १०० नेक्स्ट’मा इलेक्ट्रोनिक टेम्प्रेचर कन्ट्रोल प्यानल पनि जडान गरिएको कम्पनीले जनाएको छ।