सिजी मोटोकर्पको नेपालका लागि आधिकारीक विक्रेता सुजुकी फोर ह्विलर र सुजुकी अटोमोटिभ डिभिजनको रिटेलरमिट काठमाडौंमा सम्पन्न भएको छ।
रिटेलमिटमा मुलुकभरका १ सय ४० वटा आधिकारिक आउटलेटहरु सहभागी रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार सुजुकीका रिटेलरको क्षमता अभिवृद्धि तथा उनीहरुलाई विभिन्न इन्सेन्टिभको घोषणा गर्ने प्रमुख उद्धेश्य सहित सो मिट भएको थियो।
सिजी मोटोकर्पले रिटेलर नेटवर्कवाट सुजुकी सर्भिस पार्टस ग्राहकमाझ पुर्याउँदै आएको छ।
कार्यक्रममा सुजुकिका सर्भिस तथा स्पेयर्स पार्ट डिभिजनका डिजिएम श्याम श्रेष्ठले गुणस्तरीय पार्टको प्रयोगले हुने फाइदाबारे जानकारी गराएका थिए। देशभर छरिएका रहेका सुजुकिका रिटेलरले सस्तो र सरलरुपमा गुणस्तरिय सामान पाइरहेकोे उनले बताए।