नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बाराको कलैयामा नयाँ डिलर सुरु गरेको छ।
एमएडब्लुले श्री मोटर्समार्फत ग्राहकलाई ‘थ्रि एस’(सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो।
नयाँ शोरुमको उद्घाटन प्रमुख अतिथि तथा कलैया उममहानगरपलिकाका मेयर राजेश राय यादवले गरेका थिए।
श्री मोटर्सबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउने कम्पनीले जनाएको छ।
‘विश्वमै परिचित र विश्वसनीय मोटरसाइकल ब्रान्डको सोरुम स्थापना गर्न पाउँदा गौरव महसुस गरेका छौं,’ श्री मोटर्सका अध्यक्ष सोनालाल प्रसाद केशरी भने, ‘यो क्षेत्रमा यामाहाका मोटरसाइकलको लोकप्रियता धेरै छ। अब यामाहाका मोटरसाइकल किन्न अन्त धाइरहनु पर्दैन। शोरुममा हाई–टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियन रहनेछन् जसले मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेछन्।’
यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ। स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी तीन मोडेल छन् भने मोटरसाइकलमा एफजेड–एस, एफआई, आर १५, एसजीआरआर, सलुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन्।
यामाहाले केही महिनाअघि नेपाली बजारमा २५० सीसी क्षमता भएको एफजी२५ ‘द अल्टिमेट स्ट्रिट फाइटर’ सार्वजनिक गरेको थियो।