सडक निर्माणमा प्रयोग हुने डाइनाप्याक ब्राण्डका परिमार्जित उपकरण नेपाली बजारमा भित्रिएको छ।
नेपाल कन्ष्ट्रक्सन एण्ड इञ्जीनियरिंग कर्पोरेशन (एनसीइसी)ले उक्त ब्राण्डका उपकरणहरुको परिमार्जित संस्करण नेपाली बजारमा भित्र्याएको हो।
डाइनाप्याकले सन् २००८ देखि आधिकारिक बिक्रेता इनसीइसी मार्फत बिक्री बितरण गर्दै आइरहेको छ।
एक कार्यक्रमका बिच एनसीइसीले परिमार्जित अत्याधुनिक प्रविधियुक्त परिमार्जित उपकरण भित्र्याएको हो। एनसीइसीले विगत ६० बर्षदेखि यो क्षेत्रमा काम गर्दै आएको छ।
नेपाल कन्स्ट्रक्सन एण्ड इञ्जीनियरंग कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत सिद्धार्थमणि राजभण्डारीले डाइनाप्याकका नयाँ उत्पादन नेपालको भौगोलिक बनावट अनुकुल रहेको बताए।
उनले भने, ‘नेपालको भौगोलिक विकटतामा पनि डाइनाप्याकका उत्पादनले सडक निर्माणको काम सहज रुपमा गर्नेछ।’