सि.जी. मोटोकर्प, नेपालका लागि सुजुकी फोर व्हिलरको आधिकारिक वितरक तथा सि.जी. होल्डिङ्गको अटोमोटिभ डिभिजनले स्पोर्टि र ट्रेन्डि सिलेरियो एक्स बजारमा ल्याएको छ।
सिलेरियो एक्स स्पोर्टसमा एरोडाइनामिक शैली अनि अग्रभागको वरिपरि एक्स् थिममा आधारित ग्राफिक्स्, गाडीको दाया वाया भाग, पछाडीको बम्पर र स्किड प्लेटमा परिवर्तन गरिएको छ।
ग्रिल, फोग गार्निस, क्लाड, रुफ गार्निस एण्ड इन्टेरियरमा लगाएको अत्यन्त चमकदार कालो आवरणले गाडी अत्यन्त स्टाइलिस देखिने कम्पनीले जनाएको छ।
सिलेरियो एक्स सँगै सुजुकीले अत्यन्त रुचाइएको यो मोडल, नेपाली बजारको चाहना अनुरुप अझ स्टाइलिस अनि स्पोर्टि बनाउदै लग्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
सिलेरियो एक्स सम्पूर्ण नयाँ पप्रिका ओरेन्ज रंगको सिग्नेचर रंगमा उपलब्ध रहेको छ। यो रंगले युवा जोश र स्पोर्टिनेस झल्काउने कम्पनीले जनाएको छ। यो गाडी अन्य रंग आर्कटिक व्हाइट, ग्लिसनिङ ग्रे, क्याफिन ब्राउन र टर्क ब्लु रंगमा बजारमा रहेको कम्पनीले जनाएको छ।
सम्पूर्ण कालो इन्टेरियरमा सेतो रंगको परिष्कृत समयोजनले गाडीको इन्टेरियर अझ स्पोर्टि देखिन्छ।
सिलेरियो एक्स नेपालमा डुअल एयर ब्याग र एन्टिलक ब्रेकिङ सिस्टम (एबिएस)को साथमा उपलब्ध छ।
यसमा ड्राइभरको साइडमा सिट बेल्ट रिमाइन्डरको व्यवस्था गरिएको छ। अडियो माउन्टेड कन्ट्रोल सहितको म्युजिक सिस्टम, किलेस इन्ट्री, ड्राइभरको सिटको उचाइ घटबढ गर्न सकिने ब्यवस्था रहेको कम्पनीले जनाएको छ।
शक्तिशाली के. नेक्सट इन्जिन युक्त यो गाडीले अत्याधिक २३.१ कि.मि प्रतिघण्टाको माइलेज दिने दाबी कम्पनीले गरेको छ। कम्पनीले यो गाडीको बजार मूल्य २६ लाख ९९ हजारमा तोकेको छ।