स्कोडाको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले गत वर्षको माघमा स्कोडा र्यापिडको फेसलिफ्ट कार नेपाली बजारमा भित्र्यायो।
स्कोडा चेक रिपब्लिकको ब्राण्ड हो। आरामदायी र सुरक्षित यात्राको लागि र्यापिड उत्कृष्ट विकल्प भएको एमएडब्लु इन्टरप्राइजेजका सेल्स म्यानेजर (स्कोडा) सुरेन्द्र बहादुर शाही बताउँछन्।
‘धेरै गाडीहरुमा फिचर्सहरु उस्तै उस्तै हुन सक्छन् तर युरोपियन गाडी चढ्ने नै सेफ्टीको लागि हो, स्कोडाले यसको सेफ्टिी र क्वालिटीमा कुनै सम्झौता गरेको छैन’ उनले भने।
र्यापिड क्वालिटी, पफर्मेन्स, सेल्स तीनै कुरामा उत्कृष्ट साबित भएको र हालसम्म २ हजार भन्दा धेरै विक्री भइसकेको शाहीको दावी छ।
डिजेल र पेट्रोल दुवै इन्जिन विकल्पमा कार उपलब्ध छ। डिजेलमा १ हजार ५ सय सिसी र पेट्रोलमा १ हजार ६ सय सिसीमा र्यापिड उपलब्ध छ। त्यस्तै पेट्रोल, डिजेल दुवै इन्जिनमामा ‘अटोमेटिक’ पनि उपलब्ध छ।
एक्टिभ, एम्विसन र स्टाइल तीन वटा अप्सनमा उपलब्ध र्यापिडको मूल्य कम्पनीले पेट्रोल इन्जिनको ३६ लाख ४५ हजार देखि ५० लाख ४५ हजार सम्म र डिजेल इन्जिनको ४० लाख ९५ हजार देखि ५६ लाख ४५ हजारसम्म निर्धारण गरेको छ।
यसमा रिमोर्ट की, पावर स्टेरिङ, स्टेरिङ एडजस्टेवल, पावर विण्डो, अगाडि पछाडि एयर कन्डिसनर, ड्युअल एयर ब्याग, एबिएस, अलोए ह्विल, फग लाइट, अटोमेटिक एसी, पार्किङ सेन्सर, एन्टि पिन्च फङ्सन, स्पोर्टी लुक्सको लागि थप स्पोयलर, डे टाइम रनिङ लाइट, अटोमेटिक रेन सेन्सर , कुल्ड ग्लोभ बक्स, लेदर सिट, ६.५ इन्चको टच स्क्रिन अडियो प्लेयर विथ रेयर क्यामरा भ्यु, क्रुज कन्ट्रोल लगायतका फिचर्स रहेको कम्पनीले जनाएको छ।
र्यापिड ५ वटा रङ्गहरु ‘सिल्भर, क्यान्डी ह्वाइट, क्यापिचिनो बिग, कार्बन स्टिल, सिल्क ब्लु मा उपलब्ध छ।
र्यापिड खरिद गर्दा ग्राहकले ४ वर्ष वा १ लाख किलोमिटर वारेन्टी, १ वर्षको रोड ट्याक्स लगायत अन्य एसेसरिज प्याकेजहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
.त्यस्तै अहिले कम्पनीले इएमआई होलिडे नामक अफर ल्याएको छ। जस अन्तर्गत ७ वर्षको किस्ता मध्य ६ महिनाको किस्ता कम्पनीले व्यहोर्ने शाहीले जानकारी दिए।
भिडियोhttps://www.youtube.com/watch?v=nyqQqQZ3b6A