बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७५ को योजना अन्तर्गत ‘बजाज युगारम्भ’ सार्वजनिक गरेको छ।
कम्पनीले ‘नयाँ नेपालको नयाँ शुभारम्भ’ नारा सहित नयाँ योजना शुरु गरेको हो।
यस अभियानमा ‘७५०० रुपैयाँ स्योर सट अफर’ स्किम अन्तर्गत कुनै पनि बजाजका बाइकको खरिदमा हरेकले तत्काल ७हजार ५सय रुपैयाँ नगद छुट पाउने कम्पनीले जनाएको छ।
यसका साथै प्रत्येक खरिदकर्तालाई हरेक दिन हुने लक्की ड्रमा समावेश गराइने छ। जहाँ भाग्यशाली ग्राहकले ७५ हजार रुपैयाँ हरेक दिन जित्न सक्ने कम्पनीले जनाएको छ।
यस योजनाको शुभारम्भ गर्दै कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने “नयाँ बर्षको अबसरसँगै देश निर्माण र विकासले गति लिनेमा आफु विश्वस्त छु यसका साथै युवाको मन र मस्तिष्कमा नयाँ युगको आरम्भ भएको सन्देश पुर्याउन हामीले ‘बजाज युगारम्भ’ योजना सार्वजनिक गरेका हौं। नयाँ वर्षको उपहार योजनामा नयाँ युगलाई स्वागत गर्ने उद्देश्य र नयाँ नेपाल बनाउन युवाहरुको योगदानको उतिकै महत्व छ भन्ने सन्देश दिन हामीले यो योजना सार्वजनिक गरेका हौं।”