अग्नि ग्रुपले वीरगञ्जमा हालै पिडिआई (प्रि डेलिभरी इन्स्पेक्शन) सेन्टर तथा स्पेयर पार्ट बिक्री केन्द्रको स्थापना गरेको छ।
महिन्द्रा एण्ड महिन्द्रा साउथ एशियाका उपाध्यक्ष इन्टरनेशनल अपरेशन प्रमुख सञ्जय ज्यादभ तथा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले केन्द्रकोे संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
पिडिआई सेन्टरको उद्घाटनका क्रममा सञ्जय ज्यादभले “महिन्द्रा गाडीप्रतिको आम विश्वास अनि भरोसालाई आत्मसाथ गर्दै कम्पनीले यो केन्द्रको स्थापना गरेको कुरा” बताए। त्यस्तै अर्जुन प्रसाद शर्माले “ग्राहक समक्ष गाडी पुर्याउनु पूर्व नै गाडी पूर्ण रुपमा गुणस्तर युक्त छ भनी सुनिश्चितता प्रदान गर्ने” उल्लेख गरे।
यस सेन्टरबाट गाडीको फिनिसिङ्ग, ग्यास, वासर फ्ल्युड, इन्जिन आयल राख्ने जस्ता कार्यहरु गरिनुका साथै बोल्टहरुलाई कस्ने, इत्यादि कार्यहरु हुने सेन्टरले जनाएको छ।
त्यसका साथै स्पेयर पार्ट आउटलेटबाट यस क्षेत्र तथा वरिपरिका ग्राहकलाई महिन्द्राको गुणस्तरीय पार्टपूर्जा सहज रुपमा उपलब्ध गराउने विश्वास लिइएको सेन्टरले जनाएको छ।
यसका साथै आगामी दिनमा कम्पनीले थप वर्कशपको स्थापना गरी ग्राहकहरुलाई सहज सेवा प्रदान गर्ने लक्ष्य लिएको महिन्द्राले जनाएको छ।
सन् १९९१मा नेपालमा स्थापना भएको अग्नि ग्रुप अन्तर्गत अग्नी इन्कर्पोरेटेड, अग्नि इनर्जी, अग्नि मोटोइन्क, बालाजु अटो वक्स प्रालि रहेका छन्।
यि कम्पनीले महिन्द्राका विभिन्न सवारीसाधन तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन्। यसका साथै अग्नि ग्रुप कोन्स्टान्ट व्याट्रि तथा केभिन इन्भर्टरको वितरक समेत रहेको महिन्द्राले जनाएको छ।