नेपालका लागि अप्रिलियाको आधिकारीक बिक्रेता ‘डि लाइफ स्टाइल्स’ले एसआर १२५ नेपालमा सार्वजनिक गरेको छ।
१२५ सिसिको यो स्कुटर नेपालमा पहिलो चोटि ल्याइएको बताइएको छ। नेपालमा यस अघि अप्रिलियाले १५० सिसिको स्कुटर ल्याएको थियो।
नेपालमा हालै सार्वजनिक भएको १२५ सिसिको स्कुटरमा १५० सिसिमा प्रयोग भएका केहि पार्टहरु पनि प्रयोग गरीएको छ। त्यसले स्कुटरलाइ शक्तिशाली बनाएको कम्पनीको दाबी छ।
यस एसआर १२५को टप स्पिड ११० किमि प्रतिघण्टा रेकर्ड गरीएको अप्रिलियाले जनाएको छ।
यसमा फाइभ स्पकेट, १४ इन्च ब्ल्याक एलोए ह्विल र ट्युबलेस टायरको प्रयोग गरीएको छ।यो साधन सिल्भर र निलो रंगमा रहेको कम्पनीले जनाएको छ।
यसमा उच्चतम ९.९ एनएम टर्क पावर सहित लाम्चो सिट र केहि उठेको हेण्डलले चालकको सुरक्षा र सहजताका लागि ठुलो भुमिका खेल्ने कम्पनीको दाबी छ।
‘डि लाइफ स्टाइल्स’की मार्केटिङ हेड स्नेहा कोइरालाकाले अप्रिलियाका उत्पादनले नेपालमा टु-ह्विलरको परिचय नै फेरिदिएको र यसैको गरिमाका कारण आफूहरुले १२५ सिसिको स्कुटर बजारमा ल्याएको बताइन्।
कोइरालाका अनुसार कम्पनीले १२५ सिसिको यो स्कुटरमा २२० एमएम डिस्क ब्रेक र १६० एमएम ग्राउण्ड क्लियरेन्सले बाइकलाइ जस्तोसुकै ठाउँमा चलाउन र कन्ट्रोल गर्न सजिलो हुने बनाएको छ।
कम्पनीले नेपालको लागि एप्रिलिया १२५को मूल्य २ लाख ३५ हजार ९ सय रुपैयाँ तोकेको छ।