हुण्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्ष योजना सार्वजनिक गरेको छ।
नयाँ वर्ष २०७५ लक्षित गर्दै हुण्डाईले ल्याएको न्यू इयर डिलाइट नामक यो योजना अन्तर्गत ग्राहकले ७ लाख १३ हजार सम्मको लाभ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
त्यस्तै यो योजना अन्तर्गत आकर्षक मुल्यांकन सहितको एक्सचेन्ज योजना तथा सरल बैंक फाइनान्सिङ्ग सुबिधा पनि रहेको कम्पनीको दावी छ।
हुण्डाईका गाडीहरुमा ४ वर्षको निःशुल्क सर्भिसीङ्ग, ३ वर्षको वारेन्टी सहित उपलब्ध रहेको कम्पनीले जनाएको छ।