नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले आफ्ना ग्राहकलाई भारतको पुनेस्थित जेसीबीको मुख्य प्लान्टको भ्रमण आयोजना गरेको छ।
भ्रमणमा जेसीबीका नेपाली ग्राहकले जेसीबीका एस्काभेटर, ह्विल्ड लोडर र कम्पाक्टरको निर्माण कसरी हुन्छ भन्ने कुराको अवलोकन गरेका छन्।
भ्रमणका क्रममा जेसीबीका ग्राहकले कसरी स्टिलबाट मेसिन बनाइन्छ?, प्रोफिलिङ, लेजरकटिङ, वेल्डिङ र पार्टस्को एसेम्ब्ली गरेर कसरी जेसीबी मेसिन तयार पारिन्छ? भन्ने निरीक्षण गरेको कम्पनीले जनाएको छ।
ग्राहकले जेसीबी मेसिन कसरी बनाइन्छ भन्ने हेर्न पाउनु ठुलो अवसर भएको बताए।
जेसीबी संसारकै ‘टप थ्रि’ हेभी इक्विमेन्ट निर्माता कम्पनी मध्ये पर्ने कम्पनीले दाबी गरेको छ। हाल जेसीबीले तीनसय भन्दा बढी प्रकारका मेसिनको उत्पादन गर्ने कम्पनीले जनाएको छ।