इनरुवाका विपिन दाहालले एक पैसा नतिरिकनै आफूले चाहेको मोटरसाइकल पाएका छन्।
उनले इटहरीस्थित यामाहाको सोरुम तिरुपति अटो सिटीबाट यामाहा एफजीएस एफआई खरिदमा नयाँ वर्षको योजना अन्तर्गत स्क्र्याचमा ‘१०० % क्यासब्याक’ पाएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार उनले पहिलो स्क्र्याचमा पाँच हजार रुपैयाँ डिस्काउन्ट पाएका थिए। दोस्रो, तेस्रो र चौथोमा सामान्य उपहार पाए। पाँचौं तथा अन्तिम स्क्र्याचमा उनको बाइक प्राप्त गरेका हुन्।
यामाहाले ग्राहकका लागि नयाँ वर्षको स्किम ल्याएको छ। ‘आमन्त्रण’ नाम दिइएको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउने कम्पनीले जनाएको छ।
जसमा ग्राहकले पाँच हजार रुपैयाँ देखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र १०० प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउने योजना चलिरहेको छ।
यो योजनामा अझै उपहार र ‘१०० प्रतिशत क्यासब्याक’ बाँकी नै रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यामाहाको नयाँ वर्ष योजना चैत १ बाट ३१ बैशाखसम्म चल्नेछ।