पेट्रोल, डिजेलको मूल्य बढेको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेलको मूल्य बढाएको हो ।
निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेलको मूल्यमा प्रतिलिटरमा २-२ रुपैयाँ बृद्धि गरेको हो ।
यो निर्णय मंगलबारबाट १२ बजेबाट लागू हुने आयल निगमले जनाएको छ।
पेट्रोलको मुल्य प्रतिलिटर १ सय ३ बाट १ सय ५ पुगेको छ । यस्तै डिजेल मूल्य लिटरको ८५ रुपैयाँ पुगेको आयल निगमले जनाएको छ।
मट्टिलेल र ग्यासको मुल्य भने घटेको छैन।
निगमलाई अब पाक्षिक नाफा २० करोड रुपैयाँ रहेको छ।
निगमलाई अहिले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ १० पैसा नाफा, डिजेलमा प्रति लिटर ९६ पैसा घाटा र ग्यासमा प्रति सिलिन्डर ६२ रुपैयाँ घाटा रहेको छ।
*हेडलाइन सच्याइएको