यामाहाको आधिकारिक विक्रेता रिसिक अटोमोबाइल्स प्रालिले नयाँ वर्षको अवसरमा ललितपुरको जावलाखेलमा यामाहा मिनी मेला आयोजना गरेको छ।
मेलाको उद्घाटन मिस इन्टरनेशनल २०१७ तथा फेस अफ फेसिनो निती शाहले बुधबार गरेकी हुन्।
बुधबार देखि चारदिनसम्म चल्ने मिनी मेलामा यामाहाका सबै मोडेलका मोटरसाइकल तथा स्कुटरहरु खरिदका लागि उपलब्ध हुनुका साथै ‘एट दी स्पट’ फाइनान्सको व्यवस्था रहेको कम्पनीले जनाएको छ।
कम्पनीले मेलामा कुनै पनि ब्रान्डको मोटरसाइकल र स्कुटरको एक्सचेन्जमा न्युनतम २५ हजार रुपैयाँ न्युनतम मूल्यांकन पाउने बताएको छ।
यामाहा मोटरसाइकल वा स्कुटरको खरिदमा ग्राहकले निःशुल्क हेल्मेट, ब्याग, बाइक कभर, रेनकोट र लेगगार्ड वा फुट म्याट पाउने रिसिक अटोमोबाइल्सका प्रबन्ध निर्देशक मिलनबाबु मल्लले बताए।
‘हरेक ग्राहकले यामाहाको नयाँ वर्ष स्किम त सबैले पाउनु नै हुनेछ। हामीले उहाँहरुका लागि थप उपहारको व्यवस्था गरेका छौं,’ उनले भने।
यामाहा मोटरसाइकल वा स्कुटरको टेस्ट राइड गर्नेले आकर्षक उपहार पाउने पनि उनले जानकारी गराए।
यामाहाले चैतको पहिलो साता आफ्ना ग्राहकका लागि नयाँ वर्षको स्किम ल्याएको थियो।
‘आमन्त्रण’ नाम दिइएको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउनेछन् जसमा पाँच हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र १०० प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउने कम्पनीले जनाएको छ।