अग्नि ग्रुपले कुपण्डोलमा मंगलवार देखी इलेक्ट्रिक भेइकल सर्भिसिङ सेन्टर संचालनमा ल्याएको छ।
यो इलेक्ट्रिक सवारीको नेपालको पहिले सर्भिससेन्टर रहेको कम्पनीले जनाएको छ।
४ रोपनि जग्गामा फैलिएको उक्त सर्भिस सेन्टरमा दक्ष प्राविधिकबाट गाडी मर्मत, चार्जिङ, वास लगायतका सम्पुर्ण काम हुने कम्पनीले बताएको छ।
नेपालमा विद्युतीय सवारी प्रर्वद्धन गर्ने उदेश्यले यो सर्भिस सेन्टर संचालनमा ल्याइएको अग्नि इनर्जीका एक्जुकेटिभ सिनियर म्यानेजर प्रमोद भण्डारीले जानकारी दिए।
सर्भिस सेन्टर संचालन सँगै कम्पनीले इ सुप्रो कार्गो भ्यान समेत सार्वजनिक गरेको छ। केहि समयमै यो नेपाली बजारमा ल्याइने कम्पनीले बताएको छ।
यस इलेक्ट्रिक कार्गो भ्यानले फुल चार्जमा एक सय भन्दा धेरै किलोमिटर चलाउन सकिने कम्पनीको दाबी छ। यसले डिजेल पेट्रोल भ्यानले सरह काम गर्न सक्ने बताइएको छ।
इ सुप्रोको मूल्य २४ लाख १५ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।