महिन्द्राले वुमन वियोन्ड बाउन्ड्रीज साहासिक यात्राका लागि गाडी प्रदान गर्ने भएको छ।
यो यात्रा दिल्ली देखि माथिल्लो मुस्ताङसम्म र सोहि यात्रा मुस्ताङ देखि दिल्ली पुगेर यात्रा पुरा हुनबताइएको छ।
यसको यात्राको लागि महिन्द्राले सातवटा स्कोर्पियो, एक गेटवेर, एक थार गाडीहरु प्रदान गर्ने बताएको छ।
१३ दिनसम्म चल्ने यो यात्रा ७ अप्रिलमा प्रारम्भ भएको थियो र १९ अप्रिलमा सुसम्पन्न हुने जनाइएको छ। करिव २० जना सहभागी हुने यस यात्रा २ हजार ९ सय ५० किलोमिटर दुरी पूरा गरी सम्पन्न हुने छ। यो यात्रा समुद्र सतहबाट शुरु भई ४हजार मिटरको उचाइसम्म पुग्ने छ।
वुमन वियोन्ड बाउन्ड्रीज एक भोरल्याण्ड जर्नी हो। यसले महिलाहरुको गतिशीलतालाई आत्मसाथ गर्दै ग्रामीण महिलाहरुको सशक्तीकरणको लागि विशेष महत्व राख्ने कम्पनीले जनाएको छ।