जिओ अटोमोवाईल्सले यही बैशाख १८ र १९ गते ललितपुरको लबिम मलमा फोर्ड फ्रिस्टाइलको प्रदर्शन गर्ने भएको छ।
एसयुभी जस्तो डिजाइन, नयाँ प्रविधि र टेक्नोलोजीले भरिपुर्ण यस फोर्ड फ्रिस्टाइल नेपालको पहिलो कम्प्याक्ट युटिलिटि भेइकल हुने बताइएको छ।
फोर्डले ल्याएको यो नयाँ एसयुभीले नेपालमा ह्याचव्याक भन्दा हल्का ठूलो गाडी रुचाउने ग्राहकहरुमध्ये बढ्दो माग पुर्ति गर्ने आश फोर्डले राखेको बताएको छ।
‘डु एभ्रिथिङ एण्ड रिग्रेट नथिङ’ नारा राखिएको फोर्ड फ्रीस्टाइल नयाँ डिजाइन र उच्च कार्यक्षमतायुक्त रहेको कम्पनीले दाबी गरेको छ।
यसमा आकर्षित डिजाइन सहित एसयुभीको स्वभाव आउने फोर्ड फ्रीस्टाइलमा भिन्न खालको थ्रि डाइमेन्स्नल मेस को ग्रिल राखिएको बताइएको छ।
गाडीमा भएको फ्रन्ट बम्परमा स्कीड प्लेट र फेसिका सेक्सन जोडिएको छ जसले फ्रीस्टाइलको डिजाइनलाई अझै आकर्षित बनाएको कम्पनीले जनाएको छ।
फ्रिस्टाइलमा रहेको टिआइभिसिटी पेट्रोल इन्जिन सानो, हलुका र शक्तिशाली हुनका साथै कम इन्धन प्रयोग गरी राम्रो माइलेज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ।
कम्पनीका अनुसार यसको ९६ पिएस पावर यो सेगमेन्टको सबैभन्दा बढी रहेको हो। छ वटा गियर बक्स र ईलेक्ट्रोनिक स्टाविलिटी भएको फोर्ड फ्रीस्टाईल ग्राहहकको सुरक्षाको पनि ध्यान राखेर बनाएको छ।