नेपालका लागि होण्डा मोटरसाइकल र स्कुटरकोे आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले बिहिबार आफ्नो ५० वर्ष पुरा गरेको उत्सव मनाएको छ।
दुई पाङ्ग्रे सवारी साधनहरुमा प्रख्यात रहेको होण्डा मोटरसाइकलको आधिकारीक बितरक ज्योति गु्रपले सन् १९४०मा पहिलो पटक नेपाल भित्राएको बताएको थियो। ज्योति ग्रुपलाई मनिहर्ष ज्योतिले स्थापित गरेका थिए।
उक्त समारोहमा ज्योति ग्रपका अध्यक्ष पद्म ज्यातिले आफुहरुले स्टील, फलाम, अक्सिजन, टेक्सटाईल, मोटरसाइकल, स्कुटर, गाडी, ट्रयाक्टर, पम्प, जेनेरेटरको मार्के्टिङ, वेल्डिङ्ग उत्पादनहरु, ओैषधी, अडियो भिडियो उत्पादन तथा आर्थिक र ट्राभल सम्बन्धि सेवामा समेत अगाडी बढिरहेको जानकारी दिए।
कम्पनीले ५० वर्षको अवसर पारेर ‘५० दिनमा ५० तोला सुन’ नामक योजना समेत ल्याएको बताएको छ।
यस योजना अन्तर्गत ग्राहकले कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिद गरी ५० दिनमा ५० तोला सुन जित्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ।
त्यस्तै कम्पनीका अनुसार ग्राहकले स्क्रयाच कुपन मार्फत ४ हजार रुपैयाँ देखि १ लाख रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्ने छन्।
सुरुवातका दिनहरुमा ११ वटा मोटरसाइकल आयात गरेको स्याकार ट्रेडिङ कम्पनीले अहिले ६० हजार बढि आयात गर्दै आएको कम्पनीको दावी छ। नेपाल भर होण्डाको १ सय भन्दा बढी आउटलेटहरु रहेको कम्पनीले जनाएको छ।