नेपालका लागि फोर्ड गाडीको आधिकारिक वितरक जिओ अटोमोवाइल्सले ‘फोर्ड फ्रिस्टाइल’ सार्वजनिक गरेको छ।
१.२ लिटरको ३ सिलिन्डर इन्जिन रहेको फ्रिस्टाइलले ६५०० अरपिएममा ९६ पिएस उच्च शक्ति र ४२५० अरपिएममा १ सय २० एनएम टर्क उत्सर्जन गर्छ।
पेट्रोल भेरियन्टमा उपलब्ध यो कारको मूल्य एम्बिएन्टको २६ लाख ९९ हजार, ट्रेन्डको २८ लाख ५० हजार, टाइटिनियमको २९ लाख ९९ हजार र टाइटिनियम प्लसको ३२ लाख ४९ हजार निर्धारण गरेको छ।
यसमा एबिएस विथ इबिडी, ड्योअल एयर ब्याग, बेल्टमाइन्डर, पावर विण्डो, कि लेस इन्ट्रि, रेयर भ्यु क्यामरा, पुस बटन स्टार्ट, लगाएतका धेरै फिचर्स समावेस गरिएको छ।
यसमा २५७ लिटरको बुट स्पेस रहेको छ भने यसमा रहेको अलोए ह्विलले स्पोटी लुक्स दिएको छ।
यसको पर्फमेन्स, इन्जिन, लुक्स, फ्युल इफिसेन्सी, मूल्य सबै निकै राम्रो भएको गोल्छा अर्गनाइजेसनका निर्देशक आकाश गोल्छाले बताए। यो विशेषत युवा वर्गले धेरै रुचाउने उनी बताउछन्।