जीपको ब्रान्ड दोस्रो विश्वयुद्ध जित्न सहयोग गर्ने गाडीबाट अमेरिकामा सबैभन्दा बढी परिचित ब्रान्डका रुपमा विकास भएको छ । तर जीपको इतिहासले ‘लेजेन्ड’ बनाउन सजिलो छैन भन्ने देखाउँछ ।
जीप विश्वकै प्रतिष्ठित अटोमोबाइल ब्रान्डमध्ये पर्छ तर यसको सुरुवात असफल कर्पोरेट मालिकहरुबाट भएको हो । जीप एक अटोनिर्माताबाट अर्को अटोनिर्मातामा सर्दै गएको थियो । अहिले भने यसको स्वामित्व फियाट् क्रिस्लर अटोमोबाइल्ससँग छ ।
सुरुआती दिनयुद्ध क्षेत्रमा आवागमन गर्न अमेरिकी सेना पूर्ण रुपमा घोडा र मोटरसाइकलमाथि निर्भर थियो । निकै कठिन र असजिलो लाग्ने यी सवारीको विकल्पको रुपमा जीपको जन्म भएको थियो । ‘जेनेरल पर्पस’ यानि ‘सामान्य प्रयोजन’को छोटो रुप ‘जीपी’बाट ‘जीप’ नामको उदय भएको हो ।
पपया कमिक स्ट्रिपको चर्चित पात्र ‘युगेन द जीप’बाट यो नाम साभार गरिएको भन्नेहरु पनि छन् तर नाम जहाँबाट आए पनि यो अहिले स्थापित छ ।
जीपको पहिलो डिजाइन पेन्सिल्भानियास्थित अमेरिकन बान्टम कार कम्पनीले तयार पारेको थियो ।
अमेरिकन बान्टमले ब्रिटिश अस्टिनको सानो कारको अनुमतिप्राप्त कपी निर्माण गर्थ्यो । सन् १९४० पछि सरकारले सैन्य प्रयोजनका लागि फोर–ह्विल ड्राइभका लागि आवेदन मागेको थियो । यसको जिम्मेबारी अमेरिकन बान्टमले पायो । उसले सेनाको डिजाइनभन्दा पनि राम्रो गाडी बनायो तर यो साना कम्पनीले आफूलाई चाहेजति गाडी उत्पादन गर्न सक्छ भन्नेमा विश्वस्त थिएन ।
त्यसैले उसले जीप बनाउने जिम्मेबारी विलिस ओभरल्यान्डलाई र पछि फोर्डलाई दियो । फोर्डले विलिसले बनाएको जीपभन्दा आफूले निर्माण गरेका जीपलाई भिन्न देखाउन त्यसमा आफ्नै छाप राख्ने प्रयास मात्र गरेन पार्टस्मा अंग्रेजी अक्षर ‘एफ’ प्रयोग पनि गर्यो । तर युद्धपछि जीपलाई नागरिक सवारीका रुपमा दोस्रो जीवन दिने काम विलिसले नै गर्यो ।
नागरिक अवतारविलिसले ‘द एमबी’ भनेर चिनिने आफ्नो सैन्य जीपलाई ‘सीजे–२ए’मा परिणत गर्यो । ‘सीजे’को पूर्णरुपमा ‘सिभिलियन जीप’ अर्थात ‘नागरिक जीप’ हो । विलिसले करिब चार दशकसम्म सैन्य क्षेत्रमा प्रयोग हुने जीपका धेरै पुस्ताको निर्माण ग¥यो । ‘सीजे’लाई अन्ततः रेंग्लरले प्रतिस्थापित गरिदियो जुन अझै पनि सबैभन्दा बढी रुचाइने एसयुभीका रुपमा स्थापित छ ।
विलिस यहिँ रोकिएन । उसले जीपको पूरै लाइनअप बनाउने प्रयास गर्यो जुन जीपलाई छुट्टै ब्रान्डको रुपमा स्थापित गर्ने पहिलो पाइला थियो । उसले केही आकर्षक डिजाइन पनि ल्यायो जस्तो कि जीप स्टेसन वागन (१९४६), जीप पिकअप ट्रक (१९४७) र पारम्परिक कार जस्तो देखिने जिपस्टर । सामान्य कार जस्तो देखिने जीप दशकौंपछि पुनः बजारमा देखिन सक्छ, जिपको पहिलो क्रसओभरका रुपमा ।
वास्तविक जीपले अमेरिकन बान्टमलाई पछाडि मात्र छोडेन नयाँ जिप ब्रान्ड आफ्नो पूर्वजभन्दा बढी दरिलो सावित भयो । सन् १९५३ मा विलिसले केसर नामको ब्रान्ड किन्यो जुन दोस्रो विश्वयुद्धमा प्रयोग भएको अर्को सवारी थियो जसलाई ‘द लिबर्टी शिप’ पनि भनिन्छ ।
युद्धपछि केसर ब्रान्ड कार व्यवसायतिर लाथ्यो । अन्नतः सन् १९६३ यसले विलिसको नाम पनि परित्याग गर्यो र ‘केसर–जीप’ बन्यो । सोही वर्ष जिपले पहिलो वागनियरलाई बजारमा ल्यायो जुन ‘सीजे’भन्दा बढी नागरिक देखिन्थ्यो । वास्तवमा वागनियरलाई आधुनिक पारिवारिक एसयुभीको हिमायति नै मानिन्छ ।
एएमसी र क्रिस्लरसन् १९६९ मा केसर–जीपलाई एएमसीले खरिद गरेको थियो । एएमसीको स्वामित्वमा रहँदा जीप ब्रान्ड उल्लेखनीय रुपमा विकास भयो तर विस्कन्सिनमा मुख्यालय रहेको एएमसीको लाइनअप भने विस्तारले सुक्दै गयो ।
रेनोसँगको साझेदारीले पनि एएमसीलाई बचाउन सकेन । सन् १९८७ मा यो कम्पनी क्रिस्लरले हात पा¥यो र उसको ध्यान अन्य ब्रान्डमा भन्दा पनि जीपमा बढी थियो ।
सन् ८० को दशकमा जीपका दुई उत्कृष्ट मोडेल आए । पहिलो थियो एक्सजे– जेनेरेसन सेरोकी जुन १९८४ मा पहिलो पटक निर्माण भएको थियो । एक्सजे जीपको पहिलो वास्तविक एसयुभी थियो र यसले गर्दा नै ब्रान्ड मूलधारमा उक्लन सफल भयो । एक्सजे सन् २००१ सम्म नै उत्पादन भइरह्यो । त्यसपछि भने लिबर्टीले उसको स्थान लियो ।
क्रिस्लरले जिप किन्न खोज्दै गर्दा जीपले आफ्नो पुरानो मोडेल सीजेको विकल्प खोजिरहेको थियो । दोस्रो विश्व युद्धमा महत्वपूर्ण भूमिका खेलेको विलिस एमबीको डीएनए वास्तवमा आधुनिक समाजका लागि ‘रफ’ थियो । त्यसैले उसले रेंगलर, यानि वाईजेको पहिलो पुस्तार बजारमा ल्यायो ।
‘सीजे’को लुक्स र अफ–रोड क्षमतालाई केही आधुनिक सुविधालाई सँगालेर बनाइएको रेंगलर एउटा राम्रो प्याकेज थियो । तर जीपका शुद्धतावादीहरुले यसलाई सुरुमा अस्वीकार गरे ।
उनीहरुले रेंगलरको वर्गाकार हेडलाइटलाई रुचाएनन् । त्यसैले पछिल्ला पुस्ताका रेंगलरमा पहिले जस्तै सात वटा ग्रिल र दुई छेऊमा गोलो हेडलाइट राखियो । त्यसपछि यता रेंगलर जीप लाइनअपमा सदा रहिरह्यो । यसको चौथो पुस्ता पनि भर्खरै बजारमा आइसकेको छ ।
एसयुभीको लोकप्रियताजीप क्रिस्लरको ‘स्मार्ट एक्युजिसन’ थियो । सन् ९० को दशकमा एसयुभीप्रतिको रुचीको विस्फोटन भयो । जीप सर्वसाधारणको उत्सुकताको फाइदा उठाउन तयार थियो । सन् १९९२ मा उसले ग्रयाण्ड सेरोकीको पहिलो पुस्ता अनावरण गर्यो जसले जीपलाई प्रिमियम क्लासको कार बनायो । तर विस्तारै समय जीपप्रति प्रतिकुल बन्दै गयो ।
क्रिस्लर सन् १९९८ मा डेमलर एजीसँग मर्ज भयो र ट्रक र एसयुभीमाथि केन्द्रित हुन थाल्यो । यसैबीच जीपको कारबेस्ड क्रसओभरहरु कम्पास र पेट्रियट बजारमा ल्याइयो । सन् २००८ को आर्थिकसंकटपछि कुनै बेलाको ठूलो कमान्ड सेतो हात्ति बन्न पुयो किनभने तेलको भाग बढिरहेको थियो ।
यसबीच, जीपले ग्रयाण्ड सेरोकी एसआरटीको पहिलो पुस्ता लन्च ग¥यो । यसमा अफरोड क्षमतालाई पूरै बेवास्ता गरिएको थियो ता कि अनरोड पर्फमेन्सलाई ध्यान दिन सकियोस् ।
डेमलरसँग सम्बन्ध टुटेपछि संकटको मारमा परेको क्रिस्लर टाट पल्टिने अवस्थामा पुग्यो । यसबीच, फियाट्ले प्रवेश ग¥यो र अब कम्पनीका नाम फियाट् क्रिस्लर अटोमोबाइल्स (एफसीए) हुने भयो । नयाँ मालिकहरुले केही विवादास्पद निर्णयहरु गरे जस्तो कि सेरोकीलाई क्रसओभरका रुपमा फेरि ल्याउने र सानो रेनेगेड निर्माण गर्ने । सन् २०१७ को न्युयोर्क अटो सोमा जीपले ७०७–हर्सपावरको ग्रयाण्ड सेरोकी ट्रयाकहक सार्वजनिक ग¥यो जसको बारेमा अमेरिकन बान्टनका डिजाइनरहरुले सायदै कल्पना गरेको होला ।
जीप कम्पास र वर्तमानपछिल्लो चरणमा जीपले उदाउँदो बजारलाई मध्यनजरमा राखेर जीप कम्पास ल्याएको थियो । सन् २००७ को यो मोडेलको दोस्रो पुस्ता सन् २०१६ मा ब्राजिल र लस एन्जलर इन्टरनेशनल अटो सोमा सार्वजनिक गरिएको थियो ।
जीप कम्पास र पेट्रियट दुवै डेमलरक्रिस्लर मित्सुबिसी जीएस प्लेटफर्ममा आधारित छन् । यी कारहरु स्टाइलिङ र मार्केटिङका माध्यमबाट भिन्न बनाइएका हुन् । पेट्रियट पारम्परिक रुपमा डिजाइन गरिएको ४–डोर जीप वागनसँग मिल्दोजुल्दो छ भने कम्पास डज क्यालिबरसँग मेल खाने एसयुभी हो ।
भारतमा कम्पास सन् २०१७ अप्रिलमा लन्च भएको थियो । एफसीए इन्डियाले भारतका लागि मात्र जिप बनाउँदैन युके, अस्ट्रेलिया, जापान र थाइल्यान्ड लगायतका देशमा निर्यात पनि गर्दै आएको छ ।
भारतमा बनेका कम्पासमा दुई वटा इन्जिन अप्सन छन्– १.४ लिटरको मल्टिएयर पेट्रोल र २.० लिटरको मल्टिजेट डिजेल । जीप इन्डियाले लन्च भएयता २० हजारभन्दा बढी कम्पास विक्री गरिसकेको छ भने सन् २०१८ को पहिलो त्रैमासिकमा ६ हजार भन्दा बढी कम्पास डेलिभरी गरिसकेको छ ।
जीपको विक्री अहिले बलियो छ र ऊसँग अहिले मोडेलहरुको ठूलो लाइनअप पनि छ । तर उसको इतिहासलाई बिर्सन सकिँदैन । जीपले अहिले राम्रो गरिरहेको छ ।