भारतीय अटोमोबाइल्स कम्पनी महिन्द्राले आजबाट भृकुटीमण्डपमा एकल अटो प्रदर्शनी ‘महिन्द्रा उदय’को सुरुआत गरेको छ ।
नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष भवानी राणाले कार्यक्रम उद्घाटन गरे।कम्पनीले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको बिभिन्न ३० बढी मोडलका उत्पादनलाई प्रदर्शनीमा राखेको छ ।
महेन्द्रले कार्यक्रमबाट ६ नयाँ गाडी पनि नेपाली बजारमा ल्यएको छ।कम्पनीका अनुसार महिन्द्राका एसयुभी एक्सयुभी ३००, मराजो गाडी, ट्रयाक्टर जीभो २४५, यूभो ४१५ र हेवी कमर्शियल भेइकलहरु फ्यूरीयो तथा ब्लेजो २५ ट्रक साथै नयाँ ग्रेडर जी ७५ सार्वजनिक गरेको हो।
महिन्द्राका उत्पादन नेपालीमा २७ वर्ष अगाडि देखि बिक्री वितरण हुँदै आईरहेको छ।महिन्द्राका लागि नेपालको आधिकारीक वितरक अग्नी इन्कर्पोरेट, एमभी दुगड, श्वराज पार्टनर र महिन्द्रा एन्ड महिन्द्राले संयुक्तरुपमो शो आयोजना गर्न लागेको कम्पनीले जनाएको छ।
कम्पनीले आफ्ना सबै उत्पादन मेलामा राखेको जनाएको छ । प्रदर्शनीमा अटो शोका साथै विभीन्न कलाकारको लाइभ प्रफर्मेन्स र बिभिन्न स्वादका खानाका परिकार पनि राखिएको छ।