आजदेखि साझाको बस संख्या ७१ पुगेको छ। आज २० नयाँ सिटी बस सञ्चालनमा आएसँगै साझाको बस संख्या ७१ पुगेको हो।
२० ओटा नयाँ बसमध्ये ६ वटा बस नयाँ बसपार्क–सूर्य विनायक रुटमा चल्नेछन्। त्यस्तै अर्को ६ वटा बस नयाँबसपार्क–कमल विनायक रुटमा सेवा दिनेछन्।
त्यसैगरी अर्को ८ ओटा बस नयाँ बसपार्क–लगनखेल हुँदै सोहीबाटो फर्किने साझा यातायातका प्रवन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए।
यस अघि भक्तपुरमा चल्दै आएका ७ ओटा बसले नयाँ रुट पाएका छन्। यी बसहरु त्रिभुवनपार्क–पाटन हस्पिटल हुदै सोही बाटो फर्किनेछ।
त्यसैगरी अन्य पुराना दुई बसलाई लगनखेल–रत्नपार्क हुँदै दक्षिणकालीन जाने र सोही रुट हुँदै फर्किने व्यवस्था मिलाइएको पाण्डेले जानकारी दिए।
युरो ४ मापदण्डका यी नयाँ २० गाडी ४० बढी सिट क्षमताका छन्। यी बसमा अहिलेको जस्तै एलइडी टिभी, सिसी क्यामरा, समाउन मिल्ने ह्याङ्गर लगायतका सुविधा छन्।
साझाले यी बसहरुमा यात्रागर्दा भुक्तानी कार्डमार्फत हुने व्यवस्था समेत गरेको छ। कार्डबाट रकम भुक्तानीगर्दा यात्रुलाई सुविधा हुनुका साथै पारदर्शितासमेत बढ्ने साझाको विश्वास छ।
हाल साझाका ४ वटा बसले राजधानी बाहिर सेवा दिइरहेका छन्। साझाले उपत्यका बाहिर काठमाडौं– बागलुङ र काठमाडौं–भैरहवामा मा २\२ वटा बस संचालन गरिरहेको छ।
रुट नं. १ लगनखेल–बसपार्कः
लगनखेल–जावलाखेल–कुपण्डोल–त्रिपुरेश्वर–नेपाल वायूसेवा–लैनचौर–लाजिम्पाट–पानीपोखरी–शिक्षण अस्पताल-नारायण गोपाल चोक–सामाखुशी–गोंगबु–नयाँ बसपार्क
रुट नं. २ लगनखेल–बुढानिलकण्ठः
लगनखेल–कुपण्डोल–थापाथली–नेपाल वायुसेवा–जमल- शिक्षण अस्पताल–नारायण गोपाल चोक–गंगालाल अस्पताल–हात्तीगौंडा–चपली–देउवा चोक– बुढानिलकण्ठ
रुट नं. ३ बुङ्गमती–बुढानिलकण्ठः
बुङ्गमती–भैंसेपाटी–चारघरे– भैंसेपाटी आवास–नक्खु–बागडोल–जावलाखेल– कुपण्डोल–थापाथली–नेपाल वायुसेवा–जमल-शिक्षण अस्पताल–नारायण गोपाल चोक–गंगालाल अस्पताल–हात्तीगौंडा–चपली–देउवा चोक– बुढानिलकण्ठ
रुट नं. ४ रत्नपार्क–लामाटारः
लामाटार–लुभु–इमाडोल–ग्वार्को–सातदोवाटो–लगनखेल– जावलाखेल– कुपण्डोल–थापाथली–नेपाल वायुसेवा–रत्नपार्क
रुट नं. ५ रत्नपार्क–गोदावरीः
गोदावरी–हरीसिद्धी–सातदोवाटो– लगनखेल– जावलाखेल– कुपण्डोल–थापाथली–नेपाल वायुसेवा–रत्नपार्क
रुट नं. ६ लगनखेल–थानकोटः
थानकोट–कलंकी–खसीबजार–बल्खु–नयाँबाटो–धोबिघाट–नक्खुचोक–एकान्तकुना–थसिखेल–महालक्ष्मीस्थान– चापागाउँचोक–सातदोवाटो–लगनखेल
रुट नं. ७ नयाँ बसपार्क–सुर्यविनायकः
नयाँ बसपार्क–माछापोखरी–बालाजुचोक–बनस्थली–स्वयम्भु–कलंकी–कालिमाटी–त्रिपुरेश्वर–रत्नपार्क–सिंहदरवार–बबरमहल–नयाँ बानेश्वर–कोटेश्वर–जडिबुटी–लोकन्थली–गठ्ठाघर–ठिमी–राधेराधे–सल्लाघारी– सुर्यविनायक (जाँदा)
सुर्यविनायक–जगाती–च्यामासी–कमलपोखरी–व्यासी–सानोठिमी–पेप्सीकोला–जडिबुटी–कोटेश्वर–माइतिघर–सिंहदरवार–शहिदगेट–त्रिपुरेश्वर–कलंकी–स्वयम्भु–बनस्थली–बालाजुचोक–माछा पोखरी–नयाँ बसपार्क
(फर्कँदा)
रुट नं. ८ नयाँ बसपार्क–कमलविनायकः
नयाँ बसपार्क–माछापोखरी–बालाजुचोक–बनस्थली–स्वयम्भु–कलंकी–कालिमाटी–त्रिपुरेश्वर–रत्नपार्क–सिंहदरवार–बबरमहल–नयाँ बानेश्वर–कोटेश्वर–जडिबुटी–पेप्सीकोला–सानोठिमी–दुवाकोट चोक–व्यासी–नगरकोट चोक–कमल विनायक (जाँदा)
कमल विनायक– च्यामासी– जगाती–सुर्यविनायक–सल्लाघारी–राधेराधे–गठ्ठाघर–कौशलटार–लोकन्थली–जडिबुटी–कोटेश्वर–नयाँ बानेश्वर–माइतिघर–सिंहदरवार–रत्नपार्क–शहिदगेट–त्रिपुरेश्वर–कालिमाटी–कंकी–स्वयम्भु–बनस्थली–बालाजुचोक–माछापोखरी–नयाँ बसपार्क (फर्कँदा)
रुट नं. ९ नयाँ बसपार्क–लगनखेल–एयरपोर्टः
लगनखेल–कुपण्डोल–थापाथली–माइतीघर–बबर महल–बानेश्वर–सिनामंगल–एयरपोर्ट गेट–अन्तर्राष्ट्रिय ट्रमिनल(एयरपोर्ट)– एयरपोर्ट गेट–तिलगंगा–गौशाला–जय बागेश्वरी–चाबहिल–सुकेधारा–चप्पल कारखाना–चण्डोल–नारायण गोपाल चोक–बसुन्धारा–सामाखुसी हुँदै नयाँबसपार्क
रुट नं. १०
लगनखेल–जावलाखेल-पुल्चोक–थापाथली–माइतीघर–सिंहदरवार–शहिदगेट–त्रिपुरेश्वर–कालिमाटी–कुलेश्वर–बल्खु–टियु गेट–चोभार–मन्जुश्री चोक–चल्नाखेल–छैमले शेषनारायण–फर्पिङ–दक्षिणकाली