सरकारले महंगा गाडी आयातमा रोक लगाउने निर्णय गरेको छ।
कोरोनाका कारण अर्थतन्त्रमा समस्या देखिएको भन्दै सरकारले तत्काल ५० हजार अमेरिकी डलरभन्दा महंगो मूल्यका गाडी आयातमा रोक लगाउने निर्णय गरेको हो।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले ५० हजार डलरमाथिका गाडी, सुपारी, मरिच लगायतका अन्य केही वस्तुको आयातमा रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।
यो पनि पढ्नुस्ः मदिरा आयातमा प्रतिबन्ध