केही महिनाअघि नेपाल भित्रिएको निशान 'म्यागनाइट' एसयुभी धेरै भेरिएन्ट भएको गाडीमध्ये एक हो। यसका जम्मा ११ भेरिएन्ट नेपालमा उपलब्ध छन्।
ग्राहकले आफ्नो आवश्यकताअनुसार गाडी किन्न म्यागनाइट उत्कृष्ट विकल्प हुने कम्पनीको दावी छ।
निशानका लागि नेपालको आधिकारिक वितरक पायोनियोर मोटोकर्पले म्यागनाइट एसयुभी भित्र्याएको हो।
म्यागनाइट १.० लिटर बि४डी पेट्रोल म्यानुअल ट्रान्समिसन र १.० लिटर एचआरएओ टर्बो पेट्रोल म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ।
यसको पेट्रोल इन्जिनले ६ हजार २ सय ५० आरपिएममा ७२ पिएस पावर र ३ हजार ५ सय आरपिएममा ९६ एनएम टर्क उत्सर्जन गर्छ।
यसको डिजेल इन्जिनले ५ हजार आरपिएममा एक सय पिएस पावर र २ हजार ८ सयदेखि ३ हजार ६ सय आरपिएममा १६० एनएम टर्क उत्सर्जन गर्छ।
सुरक्षाका लागि यसमा डुअल एयरब्याग, एबिएस, इबिडी, सिट बेल्ट रिमाइन्डर, एलइडी फ्रन्ट फग ल्याम्प, स्पिड सेन्सिङ लक, रेयर क्यामरा विथ प्रोजेक्सन गाइड, हिल स्टार्ट असिस्ट, रिमोट किलेस इन्ट्री लगायत फिचर समावेस गरिएको छ।
त्यसैगरी यसमा ८.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी पनि दिइएको छ। इन्स्ट्रुमेन्ट क्लस्टरका लागि ७.० इन्च टिएफटी डिस्प्ले रहेको कम्पनीले बताएको छ।
यसमा एलइडी प्रोजेक्टर हेडल्याम्प, स्ल्कि हेड ल्याम्प, एडजस्टेबल सिट, पावर विन्डो, पावर स्टेरिङ, एयर कन्डिसनर विथ हिटर, क्रुज कन्ट्रोल, वायरलेस चार्जर, एयर प्युरिफायर लगायत फिचर्स पनि छन्।
यो गाडीमा २०५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स छ। यसले गर्दा उबडखाबड बाटोमा पनि गाडीले भुइँ छुने सम्भावना कम हुन्छ। नेपाली बाटोमा यो गाडी सुहाउँदो हुने कम्पनीको भनाइ छ।
त्यस्तै गाडीमा ३३६ लिटर बुट स्पेस छ। यसमा ग्राहकले धेरै सामान अटाउन सक्छन्।
विभिन्न ८ वटा रङमा उपलब्ध म्यागनाइटको मूल्य कम्पनीले २९ लाख ४९ हजारदेखि ४२ लाख ७९ हजार रूपैयाँसम्म निर्धारण गरेको छ।
निशान म्यागनाइटबारे थप बुझ्न हेर्नुस् भिडिओः