एमएडब्लु लाइफले जिप एक्सचेन्ज इभेन्ट 'अपग्रेड योर एड्भेन्चर' सुरू गरेको छ।
नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफ हो। कम्पनीले पुरानो गाडीलाई एक्सचेन्ज गरेर (साटेर) नयाँ जिप कम्पास खरिद गर्न चाहने ग्राहकका लागि बिहीबारदेखि लागु हुने गरी देशव्यापी रूपमा यो एक्सचेन्ज इभेन्ट आयोजना गरेको हो।
यो एक्सचेन्ज इभेन्टमा ग्राहकले आफ्नो जुनसुकै ब्रान्डको पुरानो गाडीको बजारमा सबैभन्दा उच्च मूल्य र स्पट फाइनान्सिङको सुविधा पाउनेछन्। साथै, ग्राहकले एक वर्षका लागि निःशुल्क इन्स्योरेन्स, एक वर्षका लागि निःशुल्क सडक कर र एसेसोरिज पाउनेछन्।
यसबीच, एमएडब्लु लाइफले २०२२ कम्पासका सबै मोडेल अधिकतम ७० प्रतिशत फाइनान्सिङ र १२ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने भएको छ। जिपले मात्र २४ घन्टामा लोन स्विकृत गरी ग्राहकलाई जिप डेलिभरी गर्ने व्यवस्था पनि मिलाएको छ।
ग्राहकले जिप एक्सचेन्जबारे विस्तृत जानकारी जिप एक्सचेन्जमा लग-इन गरेर पाउन सक्नेछन्।
कम्पनीका अनुसार कम्पास २०२२ सार्वजनिक भएसँगै छोटो समयमै बजारमा राम्रो प्रतिक्रिया पायो। प्रिमियम एसयुभी सेग्मेन्टमा कम्पासको बिक्री पनि उल्लेखनीय रूपमा बढेको छ।
जिप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र मोडेल एस गरी चार ट्रिममा उपलब्ध छ। यसको सुरुवाती मूल्य ८७ लाख ९० हजारदेखि एक करोड ३९ लाख ९० हजार रुपैयाँसम्म तोकिएको छ।
नयाँ कम्पास १.४ लिटरको पेट्रोल र २.० लिटरको डिजेल इन्जिनमा उपलब्ध छ। पेट्रोल इन्जिनले १६३ एचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ भने डिजेल इन्जिनले १७० एचपी पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ।
जिपको लेजेन्डरी ४ बाई ४ सिस्टम भने डिजेल भेरियन्टमा उपलब्ध छ जसमा अटो, स्नो, स्यान्ड र मड गरी चार ड्राइभिङ मोड उपलब्ध छ।
एमएडब्लु लाइफले नेपाली बजारमा कम्पासबाहेक र्यांग्लर, र्यांग्लर अनलिमिटेड, ग्रान्ड चेरोकी र ग्लेडियटर उपलब्ध गराउँदै आएको छ।