नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले ग्राहकहरूको घरमै गाडी मर्मतको लागि 'वर्कसप अन ह्विल' योजना सुरू गरेको छ।
स्मार्ट वर्कसपमार्फत ग्राहकले घर दैलोमै आफ्नो सवारी मर्मत गराउन सक्नेछन्।
कम्पनीको अनुसार वर्कसप अन ह्विलमा आधुनिक प्रविधि र उपकरणहरू राखिएका छन्। जसले सामान्य सर्भिस, मर्मत तथा अरु गाडीसम्बन्धी काम गर्नेछन्।
सुजुकीका आफ्टर सेल्स तथा पार्ट्सका महाप्रबन्धक श्याम श्रेष्ठकाअनुसार चारपांग्रे सवारीमामार्फत आधुनिक सेवा दिइनेछ। यसबाट ग्राहकले आपतकालीन सडक सहायता पाउँनेछन्।
ग्राहकलाई सहज हुने स्थानमा पुगि सेवा दिने हुँदा निकै लाभदायक रहेको उनले बताए।
यो सेवा हाल काठमाडौं, पोखरा, भैरहवा र नारायणघाटमा उपलब्ध छ। कम्पनीका अनुसार यसले छिट्टै नै अन्य शहरहरूमा पनि यो सेवा विस्तार गर्ने योजना बनाएको छ।