सिप्रदी ट्रेडिङ प्रालिको सामाजिक उत्तरदायित्व विङ सिप्रदीयन सहायता संस्थाको सहकार्यमा संचालित निःशुल्क ६ महिने अटो-इलेक्ट्रिसियन तालिम गत माघ २८ गते सम्पन्न भएको छ। तालिम लिने यो पाचौं समूह हो।
दीक्षान्त समारोहमा कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष राजन बाबु श्रेष्ठ र प्रमुख संचालन अधिकृत राजेश प्रसाद गिरीले उत्कृष्ट प्रशिक्षार्थीहरूलाई प्रमाण-पत्र र पुरस्कार प्रदान गरे।
समारोहमा प्रशिक्षार्थीहरूलाई बधाई दिदैँ प्रमुख कार्यकारी अध्यक्ष राजन बाबु श्रेष्ठले अटोमोबाइल क्षेत्रमा द्रुत गतिमा नयाँ प्रविधिको प्रवेश हुन गइरहेको अवस्थामा अटो इलेक्ट्रिसियनका लागि रोजगारको उत्कृष्ट अवसरहरू रहेको जानकारी दिए।
तालिममा सहभागी सम्पूर्ण १० प्रशिक्षार्थीहरूले सिप्रदीको नेपालभर रहेका वर्कशपहरूमा रोजगारीको अवसर प्राप्त गरेका छन्। उक्त ६ महिने अटो-इलेक्ट्रिसियन तालिम सिप्रदी ट्रेनिङ सेन्टरले निःशुल्क प्रदान गर्दै आइरहेको छ।