निसानले नेपाली बजारमा द अल-न्यु नभाराको ‘लाइफस्टाइल एडिसन’ नभारा प्रो फोरएक्स सार्वजनिक गरेको छ। निसानले ८० वर्षभन्दा लामो समयदेखि ग्राहकका लागि ‘एड्भान्स टेक्नोलोजी’सहितका उत्पादन उपलब्ध गराउँदै आएको जनाएको छ।
जसमा इन्टेलिजेन्ट मोबिलिटी फिचर र सेफ्टी सिस्टमलगायतका विभिन्न बेस्ट-इन–क्लास टेक्नोलोजी रहेको कम्पनीले बताएको छ। जसले नभारालाई अझै एड्भान्स्ड बनाएको दावी छ।
द अल-न्यु नभारामा नयाँ फ्रन्ट (बम्पर, ग्रिल, हेडल्याम्प, हुड) इन्टेरियर मेटरियल र डेकोरेसन प्रयोग गरिएको छ। त्यस्तै बेड हाइट बढाइएको र नयाँ स्टेयरिङ ह्विलको प्रयोग गरिएको छ।
यसमा थिन-फिल्म ट्रान्सलेटर मिटर र एड्भान्स्ड इन भेइकल इन्फोटेनमेन्ट प्रयोग गरिएको छ। इन्टेलिजेन्ट इमर्जेन्सी ब्रेकिङ, भेइकल डाइनामिक कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम र हाई बिम असिस्टलगायतका सेफ्टी फिचर पनि उपलब्ध छन्।
बेटर फ्युल इकोनोमी, ह्यान्डलिङ र राइड कम्फर्टका साथै डाइनामिक पर्फमेन्स र सेफ्टीसमेत उपलब्ध छ। आर्म रेस्ट, बेड फङसनालिटी, अफरोड मोनिटर सहितको इन्टेलिजेन्ट अराउन्ड भ्यु मोनिटर र पेलोड इन्ह्यान्समेन्टसहितको आकर्षक फिचर पनि यसमा छ। यी सबै नयाँ फिचरका कारण यो गाडी अल्टिमेट ट्राभल र वर्कसाइट पार्टनर बनाउन सकिने कम्पनीले बताएको छ। अप्टिमल रुम, कम्फर्ट, सेफ्टी र सहजताका कारण जस्तोसुकै सडकमा पनि सहजै गुडाउन सकिन्छ।
‘नेपाली बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न सफल भएकोमा गर्व लागेको छ। यो पछि पनि ग्राहकका लागि बेस्ट पर्फमेन्स गाडी उपलब्ध गराउने छौ र यसले बजारमा निसानको स्थितिलाई अझै बलियो बनाउन सहयोग गर्नेछ,’ निसान इन्डिया अपरेसनका अध्यक्ष सिनान ओजकोकले भने।
यसमा नयाँ फिचर बडी-कलर्ड फ्रन्ट बम्पर (अफरोड), एलईडी हेडलाइट (ब्ल्याक) र सिग्नेचर, ब्ल्याक रियर बम्पर (स्टेप) र एफआर फगलाइट (एलईडी) रहेका छन् ।
द अल-न्यु नभारा विभिन्न ५ भेरिएन्टमा उपलब्ध हुनेछ। नभाराको मूल्य ९५ लाख ४९ हजारदेखि १ करोड १६ लाख रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ।