कन्स्ट्रक्सन सोलुसन प्रालि नेपालले 'हुन्डाई अनमोल' अफर ल्याएको छ। ग्राहकहरूको सन्तुष्टि तथा सेवा अनुभवलाई प्रोत्साहन गर्न सार्वजनिक यस अफरअन्तर्गत ग्राहकहरूले हुन्डाई आर-१४० एलएस स्मार्टको खरिदमा २००० घण्टा बराबरको सर्भिस किट निःशुल्क प्राप्त गर्न सक्नेछन्।
आर-१४० एलएस स्मार्टको कुल सञ्चालन क्षमता १३,७९० किलोग्राम हो। यसमा २७० लिटरको इन्धन क्षमता छ भने ०.६५ एम३ बकेट क्षमता छ। यसले २,००० आरपिएममा १०५ एचपी पावर र १,५०० आरपिएममा ३७.५ जिएफएम टर्क जेनेरेट गर्छ।
हुन्डाईका उपकरणहरू अत्याधुनिक विज्ञान प्रविधिबाट शक्तिशाली र भरपर्दो इन्जिनहरू राखेर बनाइका हुन्छन्। यी उपकरणहरू उचित मूल्यमा पाइनुका साथै स्पेयर पार्ट्सहरू पनि किफायती मूल्यमा सहलै उपलब्ध छन्। हुन्डाईका निमार्ण उपकरणहरू बलियो र टिकाउ भएको कम्पनीको दाबी छ।
यसबाहेक सेवा प्रदायक कम्पनीहरूले डोर-टु-डोर सेवा पनि उपलब्ध गराउने प्रयत्न गर्दैछ।
कन्स्ट्रक्सन सोलुसनको लागि 'हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट' को एकमात्र वितरक हो। कन्स्ट्रक्सन सोलुसन मूलतया हुन्डाई निर्माण उपकरणहरूको समग्र बिक्री, सेवा र स्पेयर पार्ट्सका साथै जिसुङ ब्रेकर्स, र्यामर ब्रेकर र एमबी बकेट क्रसरहरूको व्यवसाय तथा सेवामा केन्द्रित छ। कम्पनीले उपकरण तथा सेवाहरूको गुणस्तर, सेवामा ग्राहकको सन्तुष्टि र हुन्डाई कन्स्ट्रक्सन मेसिनसँग सम्बन्धित स्पेयर पार्ट्स देशभर उपलब्ध गराउँदै छ।