साझा यातायातका तीन वटा बिजुली बस आगामी चैतभित्र आइपुग्ने साझाका अध्यक्ष कनकमणी दिक्षितले बताएका छन्।
साझाले खरिद गर्न लागेका ४० बिजुली बसमध्ये परीक्षणका लागि पहिलो चरणमा तीन वटा ल्याउन लागिएको उनले बताएका हुन्।
यी बस उपत्यकाका सडकमा परीक्षण गर्ने र उपयुक्त भएपछि बाँकी ३७ बस ल्याउने तयारी छ।
साझाले तीन वर्षअघि लुम्बिनी विकास कोषसँगको समझदारीमा बिजुली बस चलाउने योजना बनाए पनि सफल नभएको उनको भनाई छ। अब आफ्नै बस चलाउन पाउँदा उत्साहित भएको उनले बताएका छन्।