नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले गत २२ फेब्रुअरी २०२१ मा निसान म्याग्नाइट सार्वजनिक गर्यो। योसँगै एक वर्षभित्र नेपाली बजारमा एक हजार चार सय ९९ वटा निसान म्याग्नाइट भित्र्याएको छ।
अहिलेसम्म २ हजार २ सय २६ वटा निसान म्याग्नाइट बुकिङ्ग भैसकेको छ। वार्षिकोत्सव पायोनियर मोटोकर्पका लागि कोशेढुंगा साबित भएको कम्पनीले बताएको छ। छोटो अवधिमा ‘बिग, बोल्ड, ब्यूटिफुल’ एस.यू.भीलाई नेपाली बजारमा अत्यधिक रुचाइएको बताइएको छ।
निसान म्यागनाइट ‘कम्प्याक्ट एस.यू.भी अफ द इयर’, टप गियर अवार्डस् २०२१, ‘ड भ्यालू फर मनी कार अफ द इयर’, अटोकार अवार्डस् ‘अटोमोबाइल ग्याजेट अफ द इयर’, रकार एण्ड बाइक्स् २०२१ को बिजेता भएको छ। साथै सुरक्षामा ग्लोबल एनक्याप फोर स्टार रेटिङ पाएको छ।
पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप कुमार शारदाले निसान म्याग्नाइटको लागि ग्राहकबाट अपार माया र समर्थन मिलेको बताए।