नेपालमा चांगन अटोको नयाँ सोरुम सञ्चालनमा आएको छ। यो नयाँ सोरुमा नक्साल हुँदै नारायणचौर जाने बाटोमा छ।
कम्पनीका अनुसार यसको डिजाइनिङ र लुक्सले थुप्रैको ध्या6न तानेको छ। चांगन अटोको उत्कृष्ट भित्री र बाहिरी बनावटले ग्राहकको अनुभवलाई परिमार्जित गर्नेमा कम्पनी विश्वस्त छ।
सोरुम छिर्ने बित्तिकै ग्राहकहरूलाई चांगनको लोगोले आकर्षित गर्छ। ग्राहकहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने उद्धेश्यका साथ सोरुममा गाडीहरूको लागि ठूलो क्षेत्रफल, प्रतिक्षालय र स्वागत क्षेत्र समावेश गरिएको छ।
सोरुमलाई लिएर ग्राहकहरूबाट पनि सकारात्मक प्रतिक्रिया पाइरहेको कम्पनीको भनाइ छ।
चांगन अटोसम्बन्धी सम्पूर्ण जानकारी यसको वेबसाइट, फेसबुक र इन्स्टाग्राममार्फत लग-इन गरी प्राप्त गर्न सकिन्छ।