नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ इलेक्ट्रिक भेहिकल आयोनिक पाँच बिक्री सुरु गरेको छ। यो गाडीको डिजाइन विश्वभर चर्चामा छ।
निकै बोल्ड, युनिकर डाइनामिक डिजाइनमा तयार गरिएको कम्पनीको भनाई छ। हुन्डाई आयोनिक पाँचले ‘टप गियर इलेक्ट्रिक बेस्ट डिजाइन अवार्ड-२०२१’ पाएको छ।
आयोनिक-पाँच हुन्डाईको नयाँ आयोनिक लाइनअपअन्तर्गत ‘स्पेशलाइज्ड इजिएमपी ब्याट्री इलेक्ट्रिक भेहिकल प्लेटफर्म’मा बनेको हो। यसको डिजाइन अत्याधुनिक र आकर्षक छ। यो गाडीमा अत्याधिक इनर्जी इफिसियन्सी छ। उत्कृष्ट प्रफर्मेन्स र चालक तथा यात्रुलाई आरामदायी यात्रा अनुभव हुने कम्पनीको विश्वास छ।
यो गाडीमा रियर ह्वील ड्राइभ सिस्टम रहेको छ। साथै, यो कारमा सोलार तथा भिजन रुफ, भेहिकल टु लोड, एम्बियन्ट मुड लाइट्स, पावर टेलगेट, रेन सेन्सिङ वाइपर, व्लाइन्ड स्पट भ्यू मोनिटर तथाभोइस रिकग्नीसन भेहिकल कन्ट्रोल जस्ता अत्याधुनिक फिचर उपलब्ध छन् ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोनिक पाँचको लन्चिङसँगै ‘स्टेट अफदि आर्ट’ नयाँ इलेक्ट्रीक कारको लागि मात्रै सोरुम सञ्चालनमा ल्याएको छ। इभीको लागि मात्रै बन्ने शोरुममा अहिले बिक्री भइरहेको कोना, आयोनिक र आयोनिक पाँच राखिने छ।
इलेक्ट्रीक कार किन्ने ग्राहकलाई यो सोरुमले प्रिमियम अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ। कम्पनीले नेपालमा इभी कल्चरको विकास गर्न देशैभर चार्जिङ स्टेशन विस्तारको समेत तयारी गरेको छ।
हाल कम्पनीले देशका विभिन्न स्थानमा ४० वटा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ। लक्ष्मी इन्टरकन्टिनेन्टलले देशका प्रमुख सहरहरुमा १३ वटा डिलर र १९ वटा सर्भिस सेन्टरबाट सेवा दिइरहेको छ।