महिन्द्रा समुहको इलेक्ट्रिक थ्री-ह्विलर ट्रियो 'इलेक्ट्रिक अटो' सर्लाहीको मलंवामा सार्वजनिक भएको छ। बिहीबार एक कार्यक्रमबीच् सार्वजनिक गरिएको हो।
कार्यक्रममा मलंगवाका मेयर निप्सल शाह, उपमेयर सबनम भिकरानी, सिडियो स्थनेशवर गौतम, ससस्त्रएसपी भरत बाँनिया, वडा नं. ३ का अध्यक्ष राम कैलाश शाह, वडा ८ का अध्यक्ष ईश्वर श्रेष्ठ, वडा नं. ९ का अध्यक्ष दिपलाल महतो, उद्योग बाणिज्य संघ र चेम्बर अफ कमर्शका पदाधिकारीहरु, स्थानीय तथा महिन्द्राका पदाधिकारीहरु उपस्थित थिए।
महिन्द्रा ट्रियो भारतको बैंग्लोरस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको कम्पनीले बताएको छ। महिन्द्राको आधिकारिक इभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ। महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक दुई लाख रुपैयाँ बराबर (पेट्रोल अटोको तुलनामा) बचत गर्न सक्ने कम्पनीको दावी छ।
अग्नि इनर्जी जनकपुरधाम-२३, धनुषाका लागि बिक्रेता साइनए अटो मोबाईलका प्रबन्धनिर्देशक आलोक शाहका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङको लाभ उठाउन सक्छन्। यो अटो पूरा चार्ज गरेपछि १२० किमी गुड्न सक्छ।
आकर्षक डिजाइनमा रहेको यो अटो प्रतिघण्टा ५५ किलोमिटर (केएमपीएच) सम्मको स्पिडमा गुड्ने कम्पनीले बताएको छ। यसमा तीन यात्रु र चालक आरामदायी तरिकाले बस्न सक्ने गरी क्याबिन सिट तयार गरिएको छ। अटो नीलो र सेतो रंगमा उपलब्ध छ।