एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले नयाँ विद्युतीय गाडी ‘जेडएस इभी २०२२’ सार्वजनिक गरेको छ। आइतबार एक कार्यक्रम आयोजना गरी उक्त गाडी सार्वजनिक गरेको हो।
यो गाडी स्ट्यान्डर्ड रेन्ज र लङ्ग रेन्ज गरी दुई भेरियन्टमा उपलब्ध छ। यसमा ग्राहकले ५१.१ किलोवाट आवर र ७२.६ किलोवाट आवर गरी दुइटा ब्याट्री प्याकको विकल्पहरू पाउन सक्छन्।
एमजी जेडएस इभि २०२२ को इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेटहरु गरिएको कम्पनीले बताएको छ। यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले छ।
साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन छ। यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलइडी डीआरएल, एलइडी टेल ल्याम्पहरू छन्।
एमजी पाइलट नाम दिइएको अटोम्याटिक इमर्जेन्सी ब्रेकिङ सहितको एड्भान्स्ड ड्राइभर अस्सिस्ट्यान्स सिस्टम भएकोले यो गाडी एकदमै सुरक्षित रहेको कम्पनीको दावी छ।
यो गाडीमा एच्पिको पावर र २८० एनएम टर्क भएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर छ।
यो ८.५ सेकेन्डमा १०० किलोमिटर प्रति घण्टाको दरमा गूड््न सक्छ। एमजीको सिग्नेचर ग्लोबल डिजाइन भएको यो एलेक्ट्रोनिक गाडीमा पानोरमिक सनरुफ , १७ इन्चको डायमन्ड् कट एलोय ह्विल र २.५ को पिएम फिल्टर लगायत अन्य धेरै सुविधाहरु छन् ।
साथै, पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल-ह्विल डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल छन्।
साथै यसमा मोबाइल वायरलेस चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ्ग, अडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामरा पनि छ।
कम्पनीले ५१ किलोवाट क्षमताको ५१ लाख ९९ हजार र ७२ किलोवाट क्षमताको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकेको छ।