चांगन अटोको उत्कृष्ट पिकअप हन्टरले पिकअप विधामा आफ्नो बेग्लै पहिचान बनाउँदै छ। छोटो समयमै हन्टरले नेपाली अटोमोबाइल पारखीहरूको ध्यानाकर्षण गर्न सफल भएको छ।
कम्पनीले हन्टर सार्वजनिक गरेको दुई महिनामै ३० जना ग्राहकहरूले बुकिङ गरेका छन्। त्यस्तै, कम्पनीका अनुसार हालसम्म ४१२ जना ग्राहकहरूले हन्टरको टेष्ट राइड गरिसकेका छन्।
हन्टरमा १.९ टर्बोचार्जड इन्जिन छ, जसमा १९१० सिसी समावेश छ। यसले १५० एचपी पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ। यो पिकअपमा २३० एमएम ग्राउन्ड क्लेरेन्स छ जुन यसको विधामा उत्कृष्ट हो।
हन्टरमा १० इन्चको इन्फोटेन्मेन्ट टच स्क्रिन, इन्जिन पुस स्टार्ट बटन, क्रुज कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ प्रविधि, विद्युतीय स्टेब्लिटी प्रोग्राम र हिल डिसेन्ट कन्ट्रोल लगायत विशेषताहरू समावेश गरिएको छ। यसका साथै यसमा चालक एवम्ं यात्रुका निम्ति पावर असिस्टेड सिट पनि छ। हन्टरलाई इको र स्पोट्रस मोड गरी दुई मोडमा चलाउन सकिन्छ।
कम्पनीका अनुसार ग्राहकहरूले हन्टरबारे थप जानकारी यसको आधिकारिक वेबसाइटमार्फत लिन सक्नेछन् भने यसैबाट टेस्ट राइडको लागि बुकिङ पनि गर्न सक्नेछन्।