नेपालकालागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘बेस्ट बाई’ योजना ल्याएको छ। यो योजना नेपालभर लागू हुनेछ।
यस योजनामार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुबिधा पाउँनेछन ।
यो योजनामार्फत ग्राहकले ५० हजार रुपैयाँसम्म बेस्ट बाई बोनस, एक वर्षको निःशुल्क बीमा तथा सडक कर सुविधा पाउँछन्।
३० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस, चार लाखसम्मको आकर्षक नगद छुटका साथै स्पट एक्सचेन्ज र भ्यालुएशन पनि पाउनेछन्।
हरेक हुन्डाई गाडीमा ६ वर्षको निःशुल्क सेवा र ३ वर्षको वारेन्टी रहेको कम्पनीले बताएको छ।
यो योजना २०७८ चैत्र १९ गतेसम्म लागू हुनेछ।