टिभिएस रेडर-१२५लाई प्रतिष्ठित भारतीय अवार्ड 'इन्डियन मोटरसाइकल अफ द इयर' (आईएमओटीवाई) उपाधिद्वारा सम्मानित गरिएको छ। बजारमा टिभिएस रेडर-१२५ आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, उत्कृष्ट कार्य सम्पादनका कारण रुचाइएको छ।
आईएमओटीवाई उपाधिको छनोट तथा घोषणाका लागि फिनालेमा १४ सदस्यीय निर्णायक मण्डलको गठन गरिएको थियो। निष्पक्ष र पारदर्शी प्रणालीले गर्दा आईएमओटीवाईलाई भारतमा सर्वाधिक विश्वसनीय अवार्डका रुपमा लिइन्छ।
उक्त अवार्ड समारोहमा उपाधि ग्रहण गर्दै टिभिएस मोटर्सका वरिष्ठ उपाध्यक्ष मार्केटिङ अनिरुढ हल्दारले उपाधिबाट सम्मानित हुन पाउँदा आफूहरू निकै खुशी भएको व्यक्त गरे। उनका अनुसार यस वर्ष टिभिएस रेडरले भारतीय बजारको दुई पांग्रे सवारी साधनको श्रेणीमै सर्वाधिक बिक्रिसहित अग्रता हात पारेको छ।
टिभिएस रेडरले नेपालमा पनि उत्तिकै लोकप्रियता कमाएको छ। जगदम्बा मोटर्सद्वारा सन् २०२१ को नोभेम्बरमा सार्वजनिक यो बाइक युवाहरू माझ लोकप्रिय छ।
टिभिएस रेडर-१२५ मा आकर्षक मस्कुलर लुक्सका साथमा एड्जस्टेबल मोनोसक सस्पेन्सन, युएसबी चार्जिङ, अन्डर सिट स्टोरेज र फराकिलो टायरलगायत विशेषताहरू समावेश गरिएको छ। साथै, यसमा रहेका आकर्षक नयाँ एलइडी हेडलाइट, एंगुलर एलइडी डिआरएलहरू तथा फेन्डर अप फ्रन्टले समग्र बाइकको लुक्सलाई अझ आकर्षण प्रदान गरेको छ।
१२४.८ सिसी, सिंगल सिलिन्डर, एयर आयल कुल्ड एसआई कार्बुरेटर इञ्जिन जडित यो बाइकले ७,५०० आरपिएममा १२.९ पिएस पावर र ६,००० आरपिएममा ११.५ एनएम अधिकतम टर्क जेनेरेट गर्छ।
रेडर-१२५मा तीन भल्भ इन्जिन छ। यो मोटरसाइकलको शून्यदेखि ६० किलोमिटर प्रति घण्टाको गति जम्मा ५.९ सेकेन्डमा प्राप्त गर्ने क्षमता छ। भारतीय बजारमा आईएमओटीवाई अवार्डद्वारा सम्मानित रेडर-१२५ बाइक नेपालभर रहेका टिभिएस सोरुमहरू मार्फत उपलब्ध छ।