नेपालको लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु स्कोडाले सितापाइलामा युरोपियन क्लासको सर्भिस सेन्टर खोलेको छ।
सर्भिस सेन्टरको निर्माण ‘कर्पोरेट आइडेन्टिटी’ र डिजाइनमा गरिएको छ। यो सर्भिस सेन्टरबाट ग्राहकले युरोपियन स्तरको सर्भिस पाउने कम्पनीले बताएको छ।
१५ हजार वर्ग फिटमा फैलिएको सर्भिस सेन्टरमा ग्राहकलाई तुरुन्त सेवा दिन दुईवटा पोस्ट लिफ्ट र इन्डिभिज्युअल टुलसेट सहितको १४ वटा बे छन्।
ड्राइभिङसँग सम्बन्धित समस्याको पहिचानका लागि ‘इन हाउस’ टेस्ट ड्राइभ ट्र्याक र स्पेयर्स पार्ट्सको लागि वेयर हाउसको सुविध छ।
'ग्राहकहरूलाई युरोपियन क्लासको सर्भिस सेन्टर दिन पाउँदा हामी निकै हर्षित छौं। हामीलाई विश्वास छ यो स्टेट अफ आर्ट सर्भिस सेन्टर र गुणस्तरीय प्रक्रियाले अद्वितीय सर्भिस अनुभव दिलाउँन सक्नेछौं,' स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले भने।
सोमबार सर्भिस सेन्टरको उद्घाटन स्कोडाका ग्राहक अर्थोपेडिक डा. चक्रराज पाण्डे र कलाकार अनुप विक्रम शाहीले गरेका हुन्।
हाल नेपालका ९ वटा सहरमा स्कोडाको सर्भिस नेटवर्क छ र ग्राहकको सहजताका लागि यसलाई थप फराकिलो बनाउने लक्ष्य स्कोडाले लिएको छ।