बजाजको 'बजाज पाँचको पन्च' योजना सार्वजनिक भएको छ।
नेपालको लागि बजाज अटोको एक मात्र आधिकारिक विक्रेता हंसराज हुलास चन्द एन्ड कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा ग्राहकहरूका लागि 'बजाज पाँचको पन्च' नामक ग्राहक योजना सार्वजनिक गरेको हो। यो योजनाअन्तर्गत ग्राहकहरूले पाँच पटकसम्म विभिन्न सुविधा र नगद जित्ने मौका पाउँनेछन्।
उक्त योजनाअन्तर्गत ग्राहकहरूले बजाजको विज्ञापनलाई आफ्नो फेसबुक पेजमा पोष्ट गरेबापत बाइक किन्ने बेलामा एक हजार रुपैयाँको छुट पाउनेछन्। त्यस्तै, बजाजको सोरुममा गएर आफ्नो छनौटको बाइक रोजेपछि ग्राहकहरूले ५० हजार रुपैयाँसम्म छुट प्राप्त गर्ने मौका मिल्नेछ, जुन छुट बाइक किन्ने बेलामा प्रदान गरिनेछ।
कम्पनीका अनुसार बाइक किन्ने प्रक्रिया सुरू गरेपछि फेसबुकमा पोष्ट गरेवापतको, सोरुममा गएर बाइक रोजे बापतको र किन्नलाई बुकिङ गर्दा पाइने एक लाख रुपैयाँ सम्मको जम्माजम्मी रकम छुटको रुपमा प्राप्त गर्न सकिनेछ।
उक्त 'बजाज पाँचको पन्च' अफरको बारेमा अरूलाई रिफर गरियो र किन्नेले पनि तपाईंले रिफर गरेको कुरा उल्लेख गरेमा रिफर गर्नेलाई तीन पटक निःशुल्क सर्भिसिङको सेवा दिने कम्पनीले जनाएको छ।
यसबाहेक कम्पनीका अनुसार बम्पर पुरस्कार स्वरुप १० लाख नगद रुपैयाँसम्म जित्ने मौका पनि ग्राहकहरूले पाउँनेछन्।