बिएमडब्लुले नयाँ विद्युतीय गाडी सार्वजनिक गर्दैछ। कम्पनीले एक पटकको पूरा चार्जमा ४ सय ३९ किलोमिटरको रेन्ज दिने बिएमडब्लु आइएक्स-१ क्रसओभर सार्वजनिक गर्ने भएको हो।
भारतीय अखबार मोटर वानका अनुसार कम्पनीले सार्वजनिक गर्ने नयाँ गाडी विशेष लामो यात्राको लागि तयार पारिएको हो। यसको बाहिरी आवरणसँगै आन्तरिक विशेषताहरू पनि अब्बल भएको कम्पनीले बताएको छ।
नयाँ आइएक्स-१ मा प्रयोग गरिएको हेडलाइट भने आइएक्स-३ को जस्तै हो। यसको बाहिरी डिजाइनिङ पनि आइएक्स-३ बाट प्रभावित देखिन्छ।
यतिबेला बिएमडब्लु आइएक्स-१को परीक्षण हुँदैछ। यो सन् २०२२ को अन्तिमसम्ममा भने सार्वजनिक हुने अनुमान छ। तर हालसम्म कम्पनीले यसको सार्वजनिक मितीबारे घोषणा गरेको छैन।
बिएमडब्लुले आउँदो अप्रिल २० तारिखमा चीनमा हुन लागेको बेजिङ अटो सोमा पूरै विद्युतीय सेडान पनि सार्वजनिक गर्ने घोषणा गरेको छ।
सात सिटर उक्त सेडान संसारको पहिलो पुर्ण-विद्युतीय लक्जरी सेडान हुने कम्पनीले दाबी गरेको छ। नयाँ सेडानले एक पटकको पुरा चार्जमा ६ सय किलोमिटरको रेन्ज दिने बताइएको छ।
यतिबेला विभिन्न अटोमोबाइल उत्पादन कम्पनीहरू विद्युतीय सवारी साधन निर्माणमा जोड दिदैँछन्। यस्तैमा बिएमडब्लु पनि आफ्नो उत्पादनहरूलाई विद्युतीकरण गर्नमा प्राथमिकता दिदैाछ।