अशोक लेल्यान्डले ‘मेघा सर्भिस क्याम्प २०२२’ सुरू गरेको छ।
आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्धारा प्रबद्धित अशोक लेल्यान्डले देशभरी रहेको आफ्नो १५ सर्भिस सेन्टरहरूबाट आइतबारदेखि उक्त सेवा सुरू गरेको हो।
आइएमई मोटर्सका निर्देशक निशान ढकाल, साझा यातायातका इन्जिनियर दिनेश श्रेष्ठ, गोल्डेन गुगल यातायातका सञ्चालक रजन रोक्का, प्राइम यातायातका श्री श्रेष्ठ र अन्य यातायात छेत्रका व्यक्तित्वहरूको उपस्थितिमा काठमाडौंमा संयुक्त रुपमा रिबन काटेर उक्त क्याम्पको उद्घाटन गरिएको हो।
यो योजना अन्तर्गत ग्राहकहरूलाई केन्द्रित गर्दै स्पेअर्स पार्ट्समा ५० प्रतिशतसम्म छुट, लुब्रिकेन्टमा १२ प्रतिशतसम्म छुट र लेबर चार्जमा ३० प्रतिशत छुटका साथै ४५ पोइन्ट फ्री चेकअप पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।
कम्पनीका अुनसार उक्त मेघा सर्भिस क्याम्पको दौरान ग्राहकहरूले विभिन्न आकर्षक उपहारहरू पनि पाउनेछन्। साथैै, फ्री गाडी वासिङ, फ्री टिसर्ट, एक लिटरसम्मको फ्री इन्जिन आयल र कुलेन्ट टप-अप पनि लिन सक्नेछन्।
यस सर्भिस क्याम्पको अफरहरू आशेक लेल्यान्ड बस, ट्रक, ट्रिपर तथा साना कमर्सिएल भेइकलका कुनै पनि मोडलका गाडीहरूमा लागु हुनेछ। ग्राहक वर्गहरूले अशोक लेल्यान्डको नेपालभर रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्न सक्नेछन् भने छुट कुपन पनि प्राप्त गर्न सक्ने बताइएको छ।
'सुरक्षित गाडिका लागि जेन्युअन पार्टस् प्रयोग गरौं' भन्ने नाराका साथ सुरू भएको यो योजना चैत्र ६ गते देखि चैत्र ११ गतेसम्म लागु हुनेछ।
आइएमई मोटर्सले ग्राहकहरूको निम्ति विभिन्न योजना ल्याउने गरेको छ। कम्पनीले यस्ता योजना मार्फत ग्राहकहरूलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ।