सुजुकीको नयाँ प्रिमियम स्कुटर 'एभिनिस' नेपाली बजारमा सार्वजनिक हुने तयारीमा छ। सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भिजी सुजुकीले प्रिमियम स्कुटरको खोजीमा रहेका उपभोक्ताहरूको आवश्यकता पूरा गर्न १२५ सिसी इन्जिन क्षमताको एभिनिस सार्वजनिक गर्न लागेको हो।
भारतीय बजारमा केही महिनाअघि सार्वजनिक सुजुकी एभिनिसले आफ्नो सेगमेन्टमा अविश्वसनीय उपलब्धि हासिल गरिरहेको छ। नेपाली बजारमा समेत यही सेगमेन्टका स्कुटरको माग बढ्दै गएकाले धेरैको रोजाइमा पर्ने कम्पनीले विश्वास राखेको छ।
पछिल्लो समय दुई पांग्रे सवारी प्रयोगकर्ताहरूले मोटरसाइकल र स्कुटर समान रुपमै रोज्न थालेका छन्। विगतमा मोटरसाइकल पुरुषहरूले खरिद गर्ने र स्कुटर महिलाले खरिद गर्ने अथवा चलाउँछन् भन्ने खालका धारणा थियो। तर स्कुटरमा समावेश विशेषता, पावर, युनिसेक्स डिजाइनहरूका कारण हरेक व्यक्ति स्कुटर प्रति आकर्षित देखिन्छन्।
यस्तैमा बजारमा दर्जनौं ब्रान्डका स्कुटर उपलब्ध छन्। त्यसमा पनि जापानीज ब्रान्ड प्रति उपभोक्ताको चासो बढी छ। नेपाली बजारमा उपलब्ध जापानीज ब्रान्ड मध्येको एक हो सुजुकी ब्रान्ड।
विगत लामो समयदेखि सुजुकी ब्रान्डका स्कुटर तथा मोटरसाइकल बिक्री हुँदै आएको छ। सुजुकीका मोटरसाइकल तथा स्कुटरमा भएका विशेषताहरूका कारण नेपाली उपभोक्ताको रोजाइमा यी पर्ने गरेको छ।
सुजुकीको जिक्सर धेरै रुचाइएको प्रिमियम सेगमेन्टको मोटरसाइकल हो भने स्कुटर प्रेमीका लागि सुजुकी बर्गम्यान स्कुटर पहिलो रोजाइ बन्ने गरेको छ।
स्कुटर बजार विस्तार भएसँगै विभिन्न ब्रान्डका थुप्रै मोडलका स्कुटर नेपाली बजारमा उलब्ध छन्। अहिले स्कुटरलाई उत्पादक कम्पनीहरूले नै ‘युनिसेक्स’ सवारीका रुपमा ब्रन्डिङ गर्दै आएको छ। त्यसैले पछिल्लो समय स्कुटर चढ्नेहरूको संख्या नेपालमा पनि बढ्दै गएको तथ्यांक छ।
सहरी यात्राका लागि स्कुटर उपयोगी हुने भएकाले पनि धेरैको रोजाइमा स्कुटर प्रतिको चासो बढील भएको देखिन्छ। त्यस्तै चारपांग्रे सवारी हुनेले समेत एउटा स्कुटर खरिद गर्ने गरेकाले पनि स्कुटरको माग बढ्दै भएको व्यवसायीहरूको भनाइ छ।
विगतमा कुल बिक्री हुने दुईपांग्रे सवारीमा स्कुटरको हिस्सा निक्कै कम हुने गरेको थियो। अहिले स्कुटरको हिस्सा बढ्दै गएको छ।
यसमा पनि प्रिमियम सेगमेन्टका स्कुटर खोज्ने उपभोक्ताको संख्या बढ्दै गएको छ। त्यसैलाई मध्यनजर गर्दै सुजुकीले समेत नयाँ मोडलको 'सुजुकी एभिनिस' स्कुटर ल्याउने भएको हो।