इटालियन ब्रान्ड बेनेलीका प्रिमियम, प्रिमियम प्लस र टुर सेग्मेन्टका बाइकहरू नेपाली बजारमा उपलब्ध छन्। यसबाहेक कम्पनीले हालै बेनेली पानारिया-१२५ स्कुटर सार्वजनिक गरेको छ। जुन कम्पनीका अनुसार लोकप्रिय बन्दैछ। यसको सुरुवाती बजार मूल्य ३ लाख ३२ हजार ९ सय रुपैयाँ तोकिएको छ।
बेनेली बाइकहरू अत्याधुनिक सुविधा, स्टाइलिस डिजाइन र शक्तिशाली इन्जिनका कारण विश्वभर लोकप्रिय मानिन्छन्। हरेक प्रकारका राइडरहरूको आवश्यकता पूरा गर्ने बेनेलीको बजारमा १५० सिसीदेखि ७५२ सिसीसम्मका मोडलहरू उपलब्ध छन्।
नेपालको लागि बेनेलीको बाइक तथा स्कुटरको आधिकारिक वितरक केटिएम इन्टरनेशनल ट्रेडिङ प्रालि हो।
बेनेलीको बाइक अथवा स्कुटर किन्ने सोचमा हुनुहुन्छ भने यतिबेला कम्पनीको 'सोझै २५ हजार छुट' योजना चलिरहेको छ। अफरअन्तर्गत बेनेलीको मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले सोझै २५ हजार नगद छुट पाउनेछन्। यो अफर नगद, एक्सचेन्ज र फाइनान्समा बाइक तथा स्कुटर खरिद गर्दा लागु हुने कम्पनीले जनाएको छ।
यस्तो छ बेनेलीको विभिन्न मोडलको बाइक र स्कुटर मूल्यः
क्र.म. | मोडल | मूल्य |
१ | टिएनटी-१३५ | २,७५,००० |
२ | टिएनटी-१५ | २,५४,९०० |
३ | पानारिया-१२५ | ३,३४,९०० |
४ | टिएनटी-१५० आई | ३,७७,९०० |
५ | १८० एस | ४,४९,९०० |
६ | १८० एस (नियोन) | ४,५९,९०० |
७ | टिआरके-२५१ | ८,२४,९०० |
८ | ३०२ एस (नियोन) | १०,७४,९०० |
९ | ३०२ एस | १०,४९,९०० |
१० | ६०० आई- २०२० | २३,५८,८०० |
११ | ७२२ एस | २५,१५,००० |