ग्रेट वाल मोटर्सको हाभल एच-६ ले अस्ट्रेलियासियन न्यू कार एसेसमेन्ट प्रोग्राम (एएनक्याप) क्र्यास परिक्षणमा पाँच स्टार रेटिङ पाएको छ। हालको सन् २०२०-२०२२ सुरक्षा प्रोटोकलहरूका लागि एच-६ले पाँच स्टार रेटिङ प्राप्त गरेको हो। जिडब्लुएमको पिक-अप पोइरपछि यत्तिको उच्च मूल्यांकन प्राप्त गर्ने एच-६ दोस्रो गाडी हो।
हाभल एच-६ ले वयस्क अकुप्यान्ट प्रोटेक्सनमा ९० प्रतिशत, बालबालिका अकुप्यान्ट प्रोटेक्सनमा ८८ प्रतिशत, भल्नरेबल रोड युजर प्रोटेक्सनमा ७३ प्रतिशत र सेफ्टी असिस्टमा ८१ प्रतिसत प्राप्तांक ल्याएर पाँच-स्टार सुरक्षा मूल्यांकन प्राप्त गर्न सफल भएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बालबालिका अकुप्यान्ट प्रोटेक्सनमा 'परप्परागत विशिष्ट बाल प्रतिबन्धहरूको दायरालाई सुरक्षित रूपमा समायोजन गर्ने' एच-६ लाई एएनक्यापले प्रशंसा गरेको छ।
यसैगरी टर्न-अक्रस-पाथ इन्टरसेक्सन परीक्षणमा अर्को गाडीसँग ठोक्किनबाट रोक्ने क्षमता भएकोमा एएनक्यापले हाभाल एच-६को जक्सन असिस्ट फिचरको पनि प्रशंसा गरेको छ।
हाभाल एच-६ को सक्रिय सुरक्षा सुविधाहरूलाई एएनक्यापले तारिफ गरेको छ र सबै आपतकालिन लेन राख्ने परीक्षण अवस्थाहरूसँगै कार-टु-कार र कार-टु-साइक्लिस्ट अटोनेमस इमर्जेन्सी ब्रेकिङ क्षमताहरूलाई राम्रो मूल्यांकन गरेको छ।
थर्ड जेन हाभल एच-६ मा २.० लिटर पेट्रोल टर्बो इन्जिन जडान गरिएको एसयुभी हो। यसमा जडित २.० लिटर पेट्रोल टर्बो इन्जिनले १५० किलोवाटको पावर र ३२० एनएमको टर्क जेनेरेट गर्छ। ७२ प्रतिशत उच्च गुणस्तरीय स्टिलले बनेको यो गाडीको बनावट निकै मजबुत र स्थिरता प्रदान गर्ने खालको रहेको कम्पनीको भनाइ छ।
यसको बाहिरी र भित्री आवरण आकर्षक छ। यसमा भएको पानोरामिक सनरुफ, अटोमेटिक वाइपर, मल्टी फंसनल स्टेरिङ, आठ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, ताररहित चार्जिङले गाडीलाई नयाँ स्वरुप दिन्छ।
गाडीमा आठ वटा एअर ब्याग, ३६० डिग्री हेर्न मिल्ने क्यामरा, एचएचसी (हिल होल्ड कन्ट्रोल), एबिएस प्लस इबिडी सुविधा र एन्टि–कोलिजन संयन्त्र, जस्तै एससिएम (सेकेन्ड कोलिजन संयन्त्र) र एफएम (फर्वार्ड कोलिजन संयन्त्र) ले दुर्घटनाको सम्भावना कम गर्ने कम्पनीले दाबी गरेको छ।
यसमा भएको इन बिल्ट इन्टेलिजेन्ट मोबिलिटीले अधिकतम स्पीडमा एल-२ स्तरको अटोमेटिक एसिसी ड्राइभको आनन्द प्रदान गर्छ। ट्राफिक सिग्नल चिन्ने र लेनमा रही रहने व्यवस्थाले गाडी गुडाउने चालकलाई सुरक्षा र गाडीमाथि आफ्नो पूर्ण नियन्त्रणमा भएको अनुभूति दिनेछ। त्यस्तै गाडीको भित्री बनावट, लेदर सिट र खुला रूपमा खुट्टा राख्न मिल्ने ठाउँले चालक र गाडी चढ्ने हरेकलाई सहज अनुभूति दिन्छ।