जगदम्बा मोटर्सले नयाँ वर्षको उपलक्क्षमा नयाँ योजना सार्वजनिक गरेको छ। कम्पनीले आकर्षक उपहार सहित 'आयो, पायो, पर्यो, सोर्यो' नामक रोचक योजना सार्वजनिक गरेको हो।
उक्त योजनाअन्तर्गत सवारी साधन खरिद नगरेपनि टिभिएस नेपालको सामाजिक सञ्जालमा भाग लिएर हरेक हप्ता ५० हजार रुपैयाँ जित्ने मौका पाउनेछन्।
त्यस्तै, सवारी किन्नु अघि यो लिंकमा दर्ता गरेर ५० हजार रुपैयाँसम्म जित्न पाउने र नेपालभरी टिभिएसको कुनै पनि बिक्रेताबाट टिभिएसको स्कुटर तथा मोटरसाइकलको खरिदमा ग्राहकले एक लाख रुपैयाँ सम्मको भारी छुट पाउनेछन्।
साथै, बम्पर अफरअन्तर्गत ग्राहकले स्कुटर अथवा बाइक खरिद नगरेपनि सामजिक सञ्जालमा भाग लिएर तीन जना भाग्यशाली विजेताले अपाचे आरआर ३१० जित्ने मौका पाउनेछन्। हरेक खरिदमा ग्राहकले शून्य प्रतिशत ब्याज र एक्सेन्जमा मासिक पाँच हजार ९ सय ९९ रुपैयाँ तिरेर टिभिएस खरिद गर्न सक्नेछन्।
टिभिएसले नेपाली बजारमा आफ्नो मोटरसाइकल तथा स्कुटर अन्तर्गत विभिन्न मोडलहरूको बिक्री गरिरहेको छ। टिभिएसले हरेक मोडेलमा ५ वर्षको वारेन्टी साथै बिक्री पछि जेन्युन पार्टसको सुविधा दिँदै गरेको छन्।
अत्याधुनिक फिचर भएको टिभिएस एनटर्क, अपाचे संस्करढ र हाल समयमा वितरण सुरू भएको भारतको 'मोटरसाइकल अफ द इयर २०२२' बन्न सफल टिभिएस रेडरले नेपाली बजारमा आफ्नो छाप छाडेको छ।
नयाँ वर्षको योजनालाई सार्वजनिक गर्दै जगदम्बा मोटर्सको प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले टिभिएसलाई नेपाली ग्राहकहरूले रुचाएको र अहिले टिभिएसको बजारमा माग बढेको हुनाले खुशी व्यक्त गरे।
जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस दुई पांग्रेको लागि एक मात्र आधिकारिक वितरक हो। यसको नेपालभर एक सय ३२ भन्दा बढी डिलरहरू छन्।