निसान इन्डियाले ५० हजारौं नम्बरको निशान म्याग्नाइट तयार पारेको छ। कम्पनीले चेन्नाइस्थित निशान अटोमोटिभ इन्डियाको कारखानाबाट ५० हजारौं नम्बरको म्याग्नाइट तयार पारेको हो।
निशानले सन् २०२० को डिसेम्बर महिनादेखि बिक्री सुरू गरेकोे हो। बिग, बोल्ड र ब्युटिफुल (ठुलो, बलियो, राम्रो) एसयुभीको रूपमा भारतका साथै अन्तर्राष्ट्रिय बजारमा समेत राम्रो प्रतिक्रिया पाइरहेको छ।
निशान म्याग्नाइटले २०२२ फेब्रुअरीमा ग्लोबल एनक्यापमा ४ स्टार सेफ्टी रेटिङ पाएको छ। म्याग्नाइट बिबिसी टप गियर बेस्ट टर्न अराउन्ड भेहिकल इन इन्डियन मार्केट, बिबिसी टप गियर कम्प्याक्ट एसयुभी अफ द इयर २०२१, मोटर अक्टेनको गेम चेन्जर अफ द इयर अटोकार इन्डियाको भ्यालू फर मनी कार अफ द इयर, कारान्ड बाइक इन्डियाको कम्प्याक्ट एसयुभी अफ द इयर लगायत उपाधिबाट सम्मानित भएको छ।
१.० लिटर बि४डी पेट्रोल म्यान्युअल ट्रान्समिसन र १.० लिटर एचआरएओ टर्बो पेट्रोल म्यान्यूअल ट्रान्समिसनमा उपलब्ध म्याग्नाइट विभिन्न ११ भेरिएन्टमा छ।यसमा पेट्रोल इन्जिनले ६ हजार २ सय ५० आरपिएममा ७२ पिएस पावर र ३ हजार ५ सय आरपिएममा ९६ एनएम टर्क जेनेरेट गर्छ।
यसको डिजेल इन्जिनले ५ हजार आरपिएममा एक सय पिएस पावर र २ हजार ८ सयदेखि ३ हजार ६ सय आरपिएममा १६० एनएम टर्क जेनेरेट गर्छ।
सुरक्षाको लागि यसमा डुअल एयरब्याग, एबिएस, इबिडी, सिट बेल्ट रिमाइन्डर, एलइडी फ्रन्ट फग ल्याम्प, स्पिड सेन्सिङ लक, रेयर क्यामरा विथ प्रोजेक्सन गाईड, हिल स्टार्ट असिस्ट, रिमोट किलेस इन्ट्री लगायतका फिचर्स समावेस गरिएको छ।
त्यसैगरी, ८.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी पनि दिइएको छ। इन्स्ट्रुमेन्ट क्लस्टरका लागि ७.० इन्च टिएफटी डिस्प्ले रहेको कम्पनीले बताएको छ।
यसमा एलईडी प्रोजेक्टर हेडल्याम्प, स्ल्कि हेड ल्याम्प, एडजस्टेवल सिट, पावर विन्डो, पावर स्टेरिङ, एयर कन्डिसनर विथ हिटर, क्रुज कन्ट्रोल, वायरलेस चार्जर, एयर प्यूरिफायर लगायतका फिचर्स दिइएको छ।
२०५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको यो गाडीमा ३३६ लिटर बुट स्पेस छ। म्याग्नाइट विभिन्न ८ वटा रङ्गमा उपलब्ध छ।