ग्रेट वाल मोटर्स (जिडब्लुएम)को हाभल जोलायन नेपाली बजारमा केहि महिनाअघि भित्रिएको हो। नेपालका लागि ग्रेट वाल मोटर्सको आधिकारिक वितरक भिजी इम्पेक्स प्रालि हो।
हाभल जोलायनमा १,५०० सिसी टर्बो इन्जिन जडित छ, जसले अधिकतम १५६ पिएस पावर र २२० एनएम टर्क जेनेरेट गर्छ। आकर्षक डिजाइनमा तयार पारिएको यो गाडीमा थुप्रै सुविधाहरू रहेको कम्पनीको दाबी छ।
यसमा ३६० डिग्री क्यामेरा, डे टाइम रनिङ हेडलाइट, एलइडी हेडलाइट, प्यानोरोमिक सनरुफ, १८ इन्चको प्रिमियम अलोय ह्विल, १६८ एमएमको ग्राउन्ड क्लियरेन्स, ५५ लिटरको फ्युल ट्याक र ३३७ लिटरको बुट स्पेस पाउन सकिन्छ।
जोलायनको आन्तरिक फिचरमा प्रिमियम लेदर्स फिनिसिङ पाइन्छ। जसमा सुरक्षाको लागि ६ वटा एयरब्याग छन्। अन्य फिचरमा हार्मन कार्डन स्पिकर, वायरलेस चार्जर, हेड्स अप डिस्प्ले, हिटेड सिट, डुअल जोन एसी पनि छन्।
यो गाडी सेतो, रातो, कालो र सिल्भर गरी ४ विभिन्न रंग विकल्पमा उपलब्ध छ। कम्पनीले हवाल जोलायनको मूल्य ७७ लाख ९५ हजार रुपैयाँ तोकेको छ।