सरकारले अन्तरप्रदेशीय सार्वजनिक यातायातको भाडा स्वचालित बनाउने निर्णय गरेको छ।
स्रोतका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गर्दै यहि चैत २० गतेदेखि पेट्रोलियम पदार्थको मूल्य घट्दा भाडा घट्ने र बढ्दा बढ्ने प्रणाली लागू गर्ने निर्णय गरेको हो।
लामो समयदेखि यातायात व्यवसायीहरूले स्वचालित भाडादर प्रणाली लागू हुनुपर्ने माग गर्दै आएका थिए।
यो व्यवस्था लागू भए यातायात व्यवसायीलाई निकै राहत पुग्ने यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए।